सभापति सहित पदाधिकारी र कार्यसमिति सदस्यको कोटा बाहेक अन्य माध्यमबाट मधेशीहरु “किन केन्द्रिय नेतृत्वमा आएनन ?” भन्दै निकै टिकाटिप्पनी भईतहेको पाईएको छ ।
लोकतन्त्रमा बहस हुनु जरुरी छ र त्यो बहस तर्कसंगत हुनुपर्छ, कृपया मलाई समुदायिक आरोप नलागोस् ।
कांग्रेसमा आवद्धता र स्वयं मधेशी समुदायका भएकाले अनुभव र भोगाई सहित केहि कारणहरु लेख्दैछु :
कांग्रेसमा लागेका औसत मधेशीहरु आफू नेतृत्व लिन कम र सदैब राष्ट्रिय नेता जित्ने अखडा हो तर त्यहीँका रैथाने मधेशी-मुस्लिम त्यहाँका सांसद बन्दैनन मत्री। किनकी न आँट गर्छन् न सहयोग हुन्छ । नेपाली कांगेस पार्टी बाट मन्त्री पदमा नियुक्त हुनुभएका सम्पूर्णमा हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना ब्यक्त गर्दछु।
तर यसै विषय सँग जोडेर केही भन्न मन लाग्यो। नेपाली कांग्रेसले खोजेको समावेशी यहि हो? कांग्रेसको गढ/ भोट बैंक रहेको मधेस प्रदेश बाट एकजना पनि मन्त्री हुने ल्याकत राखेको छैन र?
नेपाली कांग्रेस एउटा लोकतान्त्रिक पार्टी हो र यो देशमा मधेसीको पहिचान यदि कसैले दिलाउन सक्छ भने त्यो कांग्रेस हो अरु कोइ हैन भन्ने पार्टी प्रति राखेको मेरो विश्वास के गलत हो?
बिमलेन्द्र निधी, रामकृष्ण यादव, महेन्द्र कुमार, तेजुलाल चौधरी, दिनेश यादव, अजय चौरसिया लगायत मधेसका जिल्ला बाट जित्ने एकजनामा पनि मन्त्री बन्ने योग्यता छैन र?
आठ जनामा कांग्रेसले एकजना पनि मधेसीलाई किन ठाउँ दिन सकेन? कांग्रेसले कांग्रेसी नेता तथा कार्यकर्ताहरु लाई ‘कांग्रेस मधेसीको पनि पार्टी हो’ भन्ने मुख किन बाँकी छोडेन?
अबुल हुसैन अन्सारी, महाधिवेशन प्रतिनिधि, नेविसंघका पुर्व केन्द्रिय सदस्य
जय नेपाल!