दुहबीमा रास्वपाको प्रथम नगर अधिवेशन सम्पन्न भए संगै नयाँ नेतृत्व चयन

दुहबीमा रास्वपाको प्रथम नगर अधिवेशन सम्पन्न भए संगै नयाँ नेतृत्व चयन भएको छ ।

पार्टी संगठन विस्तार तथा स्थानीय तहमा जनसम्पर्क मजबुत बनाउने उद्देश्यसहित अधिवेशन आयोजना गरिएको हो ।

अधिवेशनमा पार्टीका केन्द्रीय नेता, जिल्ला प्रतिनिधि, नगरस्तरीय पदाधिकारी तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नेताहरूले वैकल्पिक राजनीतिक शक्तिको रूपमा रास्वपाले सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीति अघि बढाइरहेको बताएका थिए ।

अधिवेशनले आगामी संगठनात्मक रणनीति, स्थानीय तहमा पार्टी विस्तार, जनसरोकारका मुद्दा तथा राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको संघिय संसंद अशोक कुमार चौधरीले जानकारी दिनुभयो । साथै नगरस्तरीय नयाँ नेतृत्व चयन तथा विभिन्न प्रस्तावहरू पारित गरिएको जानकारी दिइएको छ ।

कार्यक्रममा सहभागी वक्ताहरूले दुहबी क्षेत्रमा पार्टीप्रतिको जनआकर्षण बढ्दै गएको दाबी गर्दै आगामी निर्वाचनमा बलियो उपस्थितिका लागि कार्यकर्तालाई सक्रिय रूपमा परिचालन हुन आग्रह गरेका थिए । रास्वपाले देशभर संगठन विस्तार अभियानलाई तीव्र बनाइरहेका बेला चन्द्रागिरिमा सम्पन्न प्रथम नगर अधिवेशनलाई स्थानीय स्तरमा महत्वपूर्ण राजनीतिक गतिविधिका रूपमा हेरिएको छ ।

अधिवेशनबाट मित्र प्रसाद निरौला सभापतिमा निर्वाचित भएका छन्। त्यसैगरी उपसभापतिमा अनिता कुमारी उराउ, सचिवमा प्रेम श्रेष्ठ तथा सह–सचिवमा कुलदीप चौधरी चयन भएका छन्।
समितिका अन्य सदस्यहरूमा अकवाल हुसेन, रूपा कुमारी पोखरेल, मोतीलाल चौधरी, शम्भु प्रसाद शाह, टंक प्रसाद गिरी, अनिल कुमार चौधरी, दुखाराम चौधरी, रूपा कुमारी साहु र कमलसरी चौधरी रहेका छन्।

नवनिर्वाचित नेतृत्वले दुहबी नगर क्षेत्रमा पार्टी संगठन विस्तार, सुदृढीकरण तथा जनताको समस्यामा केन्द्रित भई काम गर्ने प्रतिबद्धता जनाएको छ।