जेष्ठ २४ गते । कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा इटहरीमा यातायात व्यवसायी तथा सरोकारवालाहरूसँग सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गँगा–जमुना पाटिप्यालेस स्थित कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री माननिय इन्द्रमणि पराजुली ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।


कार्याक्रममा कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णप्रसाद सापकोटा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश संयोजक, सरोकारवालानिकय , यातायात व्यवसायी संघ संगठनका प्रमुख तथा प्रतिनिधीहरु, यातायात मजदुर संघ संगठनका प्रतिनिधी, ड्राईभिङ स्कुल संघका प्रतिनिधी हरुको उपस्थिति रहेको थियो ।

