सुनसरीको विभिन्न स्थानीय क्षेत्रका किसान दलहन खेतीतर्फ आकर्षित

चैत्र १३ गते । सुनसरीको विभिन्न स्थानीय क्षेत्रका किसानहरु दलहन बाली अन्तर्गत मुसुरो दाल खेतीतर्फ आकर्षित भएका छन् ।

खेतमा दलहन बाली गर्दा धान र गहुँ तथा मकैं बाली पनि सिजनमा राम्रो हुने र दाल समेत उत्पादन हुने भएकाले किसानहरु मुसुरोको दाल खेती तर्फ आकर्षित भएका हुन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. १३ का किसान बुधो सरदारले एक वर्ष विराएर आफ्नो जग्गामा मुसुरोको दाल लगाउदै आएको जानकारी दिनुभयो ।

सरदारले दाल महगों हुने भएकाले अन्य बालीको तुलनामा राम्रो आम्दानी पनि हुने, खेतको उरर्वरा शक्ती पनि राम्रो हुने भएकाले मुसुरोको दाल खेती लगाएको बताउनुभयो । बजारमा किन्न पाइने दालहरुमा अखाद्य दालहरु मिसाएर विक्री भैरहेको हुँदा आफ्नो खेतमा उब्जाएको दाल शुद्धता भएको सरदारले बताए ।

त्यसैगरी इटहरी उपमहानगरपालिका वडा नं. ११ का अर्का किसान भेदुलाल विश्वासले सिमरबना र बनरझुला क्षेत्रका किसानले पनि मुसुरोको दाल खेतीतर्फ आकर्षित भएको बताउनुभयो । वहाँले आफ्नो गाउँटोलमा १० विघा बढीमा किसानहरुले मुसुरोको दाल खेती लगाएको जानकारी दिनुभयो ।

आफ्नै खेतबारीमा उब्जयाएको दाल आफ्नो घर परिवारको भान्सामा खपत गर्नुका साथै सो भन्दा बढी उब्जाएको मुसुरो दाल बजारमा समेत राम्रो मूल्य पाएको किसानहरुको तर्क रही आएको छ ।