जेष्ठ १४ गते । मुस्लिम धर्मावलम्वीहरुको दोस्रो ठुलो महान चाड पर्व ईदुल अजहा अर्थात बकरईद देशभर मुस्लिमहरुले हर्षाेउल्लासका साथ मनाउदै छन् ।

सुनसरीको इनरुवा, कोशी, हरिनगर, भोक्राहा नर्सिङ, रामधुनी, इटहरी , धरान, गढि, दुहबी , बर्जु लगायत जिल्लाभर ईदुल अजहा अर्थात बकरईद मुस्लिम धर्मावलम्वीहरु हार्साेउलासका साथ मनाई रहेका छन् ।

विभिन्न स्थानहरुमा रहेका ईदगाह तथा मस्जिदहरुमा भेला भई सामुहिक नमाज पढेर एक आपसमा अकमाल गरि एकआपसमा जिवनभरि रहेको रिश्भिहरुलाई आजका दिन प्रेममायामा बदलि अकमाल गरि एकआपसमा शुभकामना आदान प्रदान गर्ने गर्दछन ।
ईदुल अजहा अर्थात बकराईदको नमाज पढी सके पछि मुस्लिम धर्मावलम्वीहरु आ आफ्नो घर गई आफ्नो क्षमता अनुसारको कुरवानी अर्थात् बली दिने गर्दछन् । मुस्लिम धार्मिक ग्रन्थ अनुसार अल्लाहले सवै भन्दा प्यारो वस्तु कुरवानी मागे पछि नवि ईब्राहिम अलिहि सलामले आफ्नो प्यारो छोरा ईस्माईल अलिहि सलामको वली स्वरुप कुरवानी दिन खोज्दा अल्लाह खुशी भई ईस्माईल अलहि सलामको ठाउँमा दुम्बा अर्थात् भेडाको कुरवानी गरेको धार्मिक जन विश्वास रहेको छ ।
आजको दिनलाई उनीहरु अल्लाहले दुब्बाको कुरवानी लिएर ईस्माईल अलिहि सलामलाई बचाएको पवित्र दिनको रुपमा स्मरण गर्दै घर घरमा खसी, भेडा, रांगा तथा पाठीहरुको बली दिएर सुनसरीका मुस्लिमहरुले ईदुल अजहा अर्थात बकरा ईद मनाई रहेका छन् ।
कुरवानीको मासुलाई बराबर ३ भागमा निकालेर पहिलो भागका मासुलाई गरीबहरु जसको कुरबानि गर्ने पैसा हुदैन, उनिहरुलाई दिने र दोस्रो भागका मासुलाई साथीभाई ईस्टमित्रहरुमा बाडने र तेस्रो भागमासुलाई घरपरिवारमा बनाएर खाने गर्दछन् ।
इस्लाम धर्मलम्बीहरुको दोस्रो ठुलो महान चाडपर्ब बकरा ईद इदुल अजहा आज बिहिबारका दिन परेकाले आजको दिन नेपाल सरकारले सार्वजानिक विदा दिएकोमा मुस्लिम धर्मावलम्वीहरु नेपाल सरकार प्रति खुशि ब्याक्त गरेका छन ।
मुस्लिम धर्मावलम्वीहरु इस्लामी महिनाको अन्तीम महिनाको तिन दिन कुरबानी मनाइन्छ ।

