दशै सकिएसँगै तरकारी बजार सस्तिदै

मुल्य आकाशिएको तरकारी बजार दशै सकिएसँगै बजार सस्तिदै गएको छ ।


मुल्य आकाशिएको तरकारी बजारमा अव भने केही मुल्यमा गिरावट आएको हो ।
दशैंको समयमा र त्यो अघि आकाशिएको तरकारी मुल्यमा सामान्यतया प्रति केजी २० देखि ४० रुपियाँ सस्तिएको दुहबीका व्यापारी मुस्तफा मियाले बताएका छन् । दुहबी कृषि उपज बजारमा केही सतायता अत्याधिक मात्रामा पहाडी भेग तथा स्थानीय तरकारी उत्पादकत्व कृषकबाट तरकारी आउन थालेपछि तरकारीको मूल्यमा गिरावट आएको व्यापारी मियाले जनाउनुभयो ।

पहाडी तथा तराई क्षेत्रमा लगातारको बर्षा जारी रहनु र तरकारी ज्यादै नोक्सानी भएर माँगको तुलनामा ज्यादै कम आपुर्ति हुने अवस्था भएकाले तरकारीको मुल्य अचाक्ली उक्लिएको व्यापारीहरुको भनाई रहेको थियो । इनरुवाका अर्का व्यापारी श्यामदेव मेहताका अनुसार यहाँ आउने तरकारीमा बिचालियाको लामो चलखेल नहुने र सिधै किसानले आफ्नो उत्पादनको मुल्य पाउने अवस्था रहने गरेको उहाँको भनाई रहेको छ ।

करिब एक महिना अघि १५० देखि १९० रुपियाँ प्रति केजी मुल्य पुगेको पहाडको काउली हाल प्रति केजी ८० देखि १०० रुपियाँमा कृषि उपज बजार स्थलमा किनबेच भएको व्यापारी मेहताले बताए ।
इनरुवाको तरकारी गुद्रीमा पहाडी जिल्लाहरु धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम र सुनसरी जिल्लाकै पाँचकन्या, विष्णुपादुका, देवानगंज, हरिनगर क्षेत्रमा उत्पादन भएका तरकारी किसानलाई सुनसरीको विभिन्न कृषि उपज बजारको मूल्यबारे तत्काल जानकारी हुने गरेकाले खरिदकर्ताले पनि किसानबाट सस्तोमा ल्याउन नसक्ने अवस्थाले बजार भाउ केही समय अघि अचाक्लिएको इनरुवाका अर्का व्यापारी मोहन मेहताले जानकारी दिनुभयो ।

पानी पर्न रोकिनासाथ पहाडी क्षेत्रबाट आउने हरेक तरकारी र फलफूलमा प्रति केजी मुल्य अत्याधिक मात्रामा घटेर किनबेच भएकाले उपभोक्ताले अव सस्तोमा तरकारी एवम फलफूल उपभोग गर्न पाउने अवस्था सिर्जना भई सहेको पनि उहाँले बताउनु भयो । तरकारीको थोक कारोवार गर्दै आउनु भएका धनकुटा साँगुरगढी गाउँपालिकाका किसान दिलमाया मगरले पनि किसानहरुबाट ५ रुपियाँसम्म मुल्य फरक पारेर आफुले तरकारी किन्ने र यहाँ त्यति नै नाफा लिएर अर्थात ढुवानी खर्च कटाएर एक दुई रुपियाँ नाफामा तरकारी बेच्ने गरेको बताईन् ।

पूर्वी पहाड र तराईको जिल्लाबाट आउने तरकारी र फलफूल एवम मसलाजन्य बस्तुको थोक कारोवार हुने सुनसरीको विभिन्न कृषि उपज बजार स्थलबाट पहाडी जिल्लाको तरकारी आयात गर्ने कृषि सडक पनि सहज नहुनु र किसानले उत्पादन गरेको तरकारी सहज रुपमा केन्द्रमा ल्याउन कठिनाई परिरहेको तर्फ सवैको ध्यानकृष्ठ गरिएको भएपनि समयमै माग सम्बोधन नहुदा किसानहरु थप आम्दानी संचय गर्नबाट बन्चित बन्न पुगेको स्थानीय किसानहरुको दुखेसो रहेको छ ।