नेपाल संवत् ११४५ को अवसरमा सुनसरीको इनरुवामा न्हू दँया भिन्तुना कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल भाषा तथा संस्कृतिको जर्गेना गरौं मुल नाराका साथ झीगु नेवाः समाजद्वारा इनरुवामा न्हू दँया भिन्तुना कार्यक्रम सम्पन्न भएको हो ।
शनिबार कोशी प्रदेशका पर्यटन, वन, तथा वतावरण मन्त्री सदानन्द मण्डलको प्रमुख आथित्यतामा इनरुवामा न्हू दँया भिन्तुना कार्यक्रम सम्पन्न गरेको समाजका उपाध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले नेवार समुदायको मौलिक पर्व तथा नेपाल सम्बत ११४५ को शुभ अवसरमा शुभकामना आदान प्रदान सहित इनरुवामा न्हू दँया भिन्तुना कार्यक्रम सम्पन्न गरेको जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अथिति मण्डलले देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँरहेको नेपाल सम्बत् नेपालको मौलिक संवत भएको बताउनुभयो । उहाँले यस सम्वत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेकोमा यसलाई सम्पूर्ण नेपालीहरुले आफ्नो वर्षको रुपमा मनाउनुपर्ने धारणा राखे ।
मण्डलले आफू मन्त्री भएको सुनसरी सदरमुकाममा नेवार समुदायको सांस्कृति तथा सामुदायिक भवन निर्माणमा सक्दो सहयोग गर्ने बचनबद्धता गर्नुभएको थियो ।
विषेश अथिति जिल्ला समन्वय समिति महासंघका केन्द्रिय अध्यक्ष राजन मेहताले राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराउनुभएको चर्चा गर्नुहुदै यसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने बताउनुभयो ।
इनरुवामा सम्पन्न भएको न्हू दँया भिन्तुना कार्यक्रममा उधोग बाणिज्य संघका इनरुवा अध्यक्ष वीरेन्द्र कुमार साह, सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिमिल्सिना, सशस्त्र प्रहरी उपरीक्षक समेन्द्र बर्जचार्य, राष्टिय अनुसंधान प्रमुख तुलसी कट्टेल, जिल्ला समन्वय समिति उपप्रमुख कमला खतिवडा, इनरुवा उपप्रमुख विनिताकुमारी मेहता, नेपाली काग्रेंसका नेता सञ्जय श्रेष्ठ लगायत सरोकारबालाहरुको उपस्थिती रहेको थियो । वत्ताहरुले नेपाल सम्बत ११४५ को शुभकामना सहित नेवार समुदाय र नयाँ वर्षको महत्वका बारेमा चर्चा गरेका थिए । शुभकामना आदान प्रदान तथा न्हू दँया भिन्तुना कार्यक्रम समाजका अध्यक्ष भुपाल श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।