
सुनसरीको इनरुवामा “सिर्जनामा इनरुवा ” को चौथो वार्षिक साधारण सभा-२०८२ पुरस्कार वितरण, स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ।


“सिर्जनामा इनरुवा ” को चौथो साधारण सभा सम्पन्न भएको छ। सोही अबसरमा पुरस्कार, सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको जनाएको छ।
साहित्य कार्यक्रम सहितको चौथो साधारणसभा सम्पन्न भएको सचिव रमेन्द्र कोइरालाले जानकारी दिनुभयो। सचिव कोइरालाका अनुसार सिर्जनामा इनरुवाको अध्यक्ष लिलानाथ सिलवालको अध्यक्षतामा सधारण सभामा सिर्जनामा इनरुवा साहित्य पुरस्कारबाट तारा नाथ पोखरेल र “रमेन्द्र- सावित्री लघुकथा पुरस्कार ” बाट श्री ओम श्रेष्ठ रोदनलाइ पुरस्कृत गरिएको छ।
श्रेष्ठलाई लघुकथाकार “रमेन्द्र- सावित्री लघुकथा पुरस्कार “बाट पुरस्कृत गरेको जनाएको छ। पोखरेल र श्रेष्ठ रोदनलाइ प्रमुख अतिथि ममता मृदुलले सम्मान पत्र, दोसल्ला र नगदले पुरस्कृत गर्नुभयो।
त्यसैगरी साहित्यकार टंक भेटवाल, शिवनारायण पडित,धनजित पराजुली,मञ्जु घिमिरे दाहाल,रामकुमार पण्डितक्षेत्री,मुबा आत्रेय, कान्ता पोखरेल, पुजा बहार,भूपाल अधिकारी, टंक राजवशीलाइ सम्मान गरेको छ।
