
डाक्टर अबुल हुसैन अन्सारी

! महाधिबेशनको अबधि अर्थात ४बर्ष नपुग्दै ४० % महाधिबेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेमा बिशेष महाधिबेशन हुने हो ।तर अहिले त १४ औं महाधिबेशन भएको ४ बर्ष पुगिसकेको छ्।
यहाँ देखिएका नेताहरुमा एक जना चुनाब नजितेका र अरु सबै पदमा आसिन भएर सत्ताको रजगज लिइसक्नु भएको नेताहरु हुनुहुन्छ्।चुनाब नजितेका नेता पार्टी देखि बिरक्त भएर म पार्टी छोड्छु होला भनेर सामाजिक संजालमा लेख्नु भएको थियो।
उहाँको एउटै उद्देश्य हो आए आँप न आए झटारो भन्ने नै हो।तर उहाँ बाहेकका यहाँ भएका र टेस्टेडहरु सबैले कम्तिमा एक पटक कुलिङ पिरियडमा बस्नुस र अबसर नपाएका ब्यक्तिहरुलाई पार्टी र तीनवटै तहका सरकारमा सहभागी हुने अबसर दिनुस्।अनि मात्र पार्टी, लोकतन्त्र र राष्ट्रीयता बलियो हुन्छ्। सबैमा जय नेपाल॥
