केनाईन शाखा अन्तर्गत रहेका कुकुरहरुलाई टिका तथा फुलमाला लगाई पुजा

यमपञ्चको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाउने क्रममा मधेश प्रदेश प्रहरी कार्यालयको केनाईन शाखा अन्तर्गत रहेका कुकुरहरुलाई टिका तथा फुलमाला लगाई पुजा गरिएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको   प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ, मधेश प्रदेशकी उपाध्यक्ष श्रीमती संगिता कार्की थापाको समुपस्थितीमा कुकुर पुजा सम्पन्न भएको हो।

नेपाल प्रहरीको अनुसन्धान प्रक्रियामा तालिम प्राप्त कुकुरहरुको अहम भूमिका रहेको र जटिल किसिमका अपराध अनुसन्धामा कुकुरको प्रयोगले अनुसन्धान कार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाएको छ ।

नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरेका तालिम प्राप्त कुकुरहरूको पूजा गरेको हो।

हरेक वर्ष कुकुर तिहारको दिन तालिम केन्द्रमा कुकुरलाई पूजा गरी उनीहरूलाई मनपर्ने खानेकुरा खुवाइन्छ।

मधेस प्रदेश प्रहरी अन्तर्गतका केनाईन शाखा लालगढ, केनाईन शाखा जनकपुर विमानस्थल तथा केनाईन शाखा बिरगंज, पर्सामा कार्यरत प्रहरी कर्मचारीहरुद्वारा प्रहरी सेवा तथा अपराध अनुसन्धानमा सदैव सफलता प्राप्त भईरहोस भन्ने कामनाका साथ कुकुर तिहार मनाईएको छ ।