छठ पर्व नजिकिएकाले माटोका विभिन्न भाँडाको माग र विक्रि बढे -Duhabi Times

कार्तिक १० गते ।
छठ पर्व नजिकिएकाले माटोका विभिन्न भाँडाको माग र विक्रि बढेको छ । यहाँको उत्पदनसगै केही भारतीय समेतले नेपाली बजारका छठका लागि विभिन्न सामग्रीको विक्रि बढेको हो । सीमावर्ती बजारमा भारतीय माटाको भाडा र भित्रि बजारमा स्थानीय उत्पादन भएका माटोको भाडाको कारोबार बढेको जनाएको छ । सुनसरीको दुहवी सहित इनरुवा, इटहरी, लौकही, भोक्राहा, नरसिंह, भुटाहा, हरिनगराको मुख्यचोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभई दिनहुँजसो माटाका भाँडा बिक्री हुँदै आएका छन् । सांस्कृतिक पर्वमा आवश्यक पर्ने भाँडा माटाकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटाका भाँडा बनाउने कुम्हालेको व्यस्तता निकै बढेको छ । तराई क्षेत्रमा माटाका नयाँ भाँडा कार्य गर्न उत्तम हुने धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा यसको माग ह्वात्तै बढ्ने गरेको यहाँका उद्यमी, व्यापारी र सर्वसाधारण बताउँछन् । विभिन्न स्थान र सीमावर्ती बजारमा छठका लागि माटोका दियो, चौमुखे दिप, पाला, माटोको हाती , ढकना लगायतका भाडाका भाडाँको बिक्री बढेको स्थानीय श्रीप्रसाद पण्डितले बताउनुभयो ।

पण्डितले पहिले पहिले त हाम्रो गुजाराको पेशा नै यही थियो, अब प्लास्टिक र अन्य धातुका भाँडाको प्रयोग बढेपछि चाडपर्वमा खुम्चिएको गुनासो गर्नुभयो । नेपली बजारमा हिन्दु धर्मालम्बीहरुको दशैं, तिहार, छठ लगायतका चाडपर्वहरूमा कलश, गमला, दियो, कोहा लगायतका माटोका भाँडा बढी विक्रि वितरण हुने गरेकोमा सबै भन्दा बढी तिहारमा माटोको दियो र छठमा विभिन्न कलात्मक भाडाहरु विक्रि हुने गरेको छ । यहाँका पण्डीत कुम्भकार(कुमहार)हरुले यो समयलाई आफ्नो पर्वभरीको आम्दानी गर्ने सिजनका रुपमा समेत लिने गरेका छन् । नेपाली कुम्भकारहरु कम भएको र केहीले पेशानै छाडेकाले नेपाली बजारमा माटोको भाडा समेत भारतीयसंग भर पर्नुपरेको बताईन्छ । अहिले छठका लागि माटोको भाडोको एक सेट लिन एक सय रुपियाँ तिर्नुपर्छ । यसरी एक सय रुपियाँका दरले मात्रै माटोको भाडो छठमा किन्दा ६० हजार परिवारले छठ गर्दा ६० लाख रुपियाँको माटोको भाडो छठमा मात्रै विक्रि भईरहेको कुम्हार समुदाय दुहवी १० सिमारियाका मनोज पण्डितले जानकारी दिनभुयो । उता केही नेपाली कुमालहरूले पुख्र्यौली पेशा छाडेका कारण भारतीय उत्पादनले नेपाली बजार लिएको दावी गर्छन भने केही कुमालले माटोको भाडा विक्रीका लागि हितार र छठ तथा चौरचन्द नै पखर्नुपर्ने भएकाले संकटमा परेको बताएका छन् । इनरुवा सहति यहाका अधिकाशं पण्डीत कुमालहरुले भाँडा बनाउने माटो र मेहनत अनुसारको आम्दानी नहुँदा नेपाली कुमाल आफ्नो पुख्यौली पेशावाट विमुख भएको बताएका छन् । पुस्तौदेखि गर्दै आएको काम आधुनिकताले संकटमा परेपछि नेपाली कुमाल अहिले जीविकोपार्जन गर्न अन्य पेशा गर्न थालेपछि भारतीय सीमावर्ती बजारका कुमालहरूले माटोका भाँडा नेपाली बजारमा बेच्ने गरेका छन् ।