लैगिंक हिसाँ न्युनिकरणमा जोड

मंसिर ९ गते । सुनसरी दुहवी नगरपालिकामा आज मंगलबारबाट सुरु भएको लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटनका सरोकारबालाहरुले लैगिंक हिसाँ न्युनिकरणमा जोड दिएका छन् ।


विश्वभर नै २५ नोभेम्बरदेखि सुरु भई १० डिसेम्बरसम्म जारी रहने अभियानको उद्घाटनमा दुहवीका सरोबारबालाहरुले सभ्य समाज निर्माणका लागि लैगिक तथा महिला हिसाँ अन्त्य हुन जरुरी रहेकोमा जोड दिएका हृुन् ।


यो वर्षलाई अभियानको नारा प्रविधिको सहि प्रयोग गरौ लैङ्गिक हिंसा अन्तय गरौ राखिएको छ ।


दुहवी नगरपालिकामा सम्पन्न भएको लैगिंक हिसाँ विरुद्धको अभियानको उद्घाटन सत्रमा प्रमुख वेदनारायण गच्छदारले देशमा एकपछि अर्को लैगिंक तथा महिला हिसाँको घटना बढेकोमा चिन्ता व्यक्त गर्दै लैगिंक हिंसा न्युनिकरणका लागि शिक्षा र सचेतना कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी उपप्रमुख मेनुका पोखरेल खतिवडाले हिसाकाँ घटना सहेर बस्दा महिला हिसाँ बढेकाले न्यायका लागि जागरुकता आवश्यक भएको बताउनुभयो ।
लैङ्गिक हिंसा महिला वा पुरुषको मात्र नभई यो एक लिङ्गको आधारमा महिला र पुरुष दुबैमा भएको हिंसालाई अनत्य गर्नको लागी अन्र्तराष्ट्रय १६ दिने अभियान चलाएको उपप्रमुख मेनुका पोखरेल खतिवडाले जानकारी दिएका छन् ।

उपप्रमुख खतिवडाले दुहबि नगरपालिकामा कुनै पनि महिला तथा दिदि बहिनी पिडीत नहुन भन्ने आश राखेको र त्यसका लागी सर्वप्रथम महिलाहरुले या जो अरुले पनि आफुले आफुलाई सम्मान गर्नु पर्ने हुन्छ अनि मात्र अरुबाट हामि सम्मान पाउँन सक्छौैं भन्ने धारणाले अगाडि बढ्न सम्पुर्ण नगरबासीलाई अह्वान गरीएकी थिइन् ।

यही नाराका साथ अभियान देशभर नै सञ्चालन गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सम्बन्धित आग्रह गरेको छ । महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न यो अभियान आयोजना हुने गरेको छ । हरेक वर्ष मनाइँदै आएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आज देखि सुरु भएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को आव्हानमा सुरु भएको अभियान नेपालमा २०५४ सालदेखि मनाउन थालिएको हो ।

महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो ।
कार्यक्रम दुहवीका उपप्रमुख मेनुका पोखरेल खतिवडाको अध्यक्षतामा सम्पन्न भएको महिला शाखाकी सुमित्रा माझीले जानकारी दिनुभयो । कार्यक्रममा दुहबि नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, लगाएत सँघसँस्थाका प्रतिनिधीहरुको सहितको उपस्थिति रहेको थियो ।