लक्ष्मी पूजामा सयपत्री फुल र मालाको कारोवारमा बृद्धि -Duhabi Times

कार्तिक १० गते । सुनसरीको इनरुवा सहित जिल्लाको बिभिन्न बजारमा सयपत्री फूल र मालाको कारोवारमा बृद्धि भएको छ । तीन दिनका अवधिमा सुनसरीमा मात्र ५० लाख भन्दा बढीको सयपत्री फूल र मालाको कारोबार भएको उद्योग बाणिज्य इनरुवाका अध्यक्ष बिरेन्द्रकुमार साहले जानकारी दिनुभयो । सोमबार, मङ्गलबार र बुधबार गरेर सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाको इटहरी, रामधुनी, दुहबी र धरानमा सयपत्रीको फूल तथा तयारी मालाको कारोबारमा बृद्धि भएको उद्योगा वाणिज्य संघ इनरुवाका सदस्य गौतम झाले बताउनुभयो ।

लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई सयपत्री फूलको माला लगाइदिने चलन रहेको छ । यही सयपत्री फूलले दिदीबहिनीले दाजु भाइलाई पूज्ने गरिन्छ । भारतीय फूलका माला सस्तो भएका कारण नेपाली फूल व्यवसायीलाई असर परेको फूल व्यवसायीहरुले बताएका छन् । तिहार सुरु हुनु भन्दा एक हप्ता अगाडि भारतीय बजारबाट व्यपारीले बिक्रिका लागि ल्याइएको सयपत्री फुल तथा माला बिराटनगरको बिभिन्न सितभण्डारमा भण्डारण गरेर राखेको भएपनि सितभण्डारको प्राविधिक कारणले अधिकांश फुल कुहिएको र सुखेको कारणले समस्या भएको व्यपारीहरुले गुनासो गरेको उद्योगा वाणिज्य संघ इनरुवाका अध्यक्ष साहले जानकारी दिनुभयो ।