आफू जनताको सेवक हो ः गच्छदार

प्रजातन्त्र स्थापनादेखी तीन दशकयता ६ वटा आम निर्वाचनमा अपराजित रहनुभएका नेपाली काग्रेंसका नेता विजयकुमार गच्छदारले आफू जनताको नेता मात्र नभई सेवक भएको बताउनुभएको छ ।

पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहनुभएका गच्छदारले आफूलाई जनताले विजयी गराउदै आएको आफू जनताको नेता भएर विकाससगैं संविधान निर्माणसम्मको काम गरेको बताउनुभयो । गच्छदारले यसपाली देशको विकास र संविधानको रक्षा गर्न उम्मेदबारी दिएको बताउनुभएको छ ।

सुनसरीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.३ का उम्मेदवार रहनुभएका बिजय कुमार गच्छदारले जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं.११ भुस्कलवामा आयोजित सुकरात सांस्कृतिक कार्यक्रम तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुदै देशको विकास, आदिवासिजनजाती, मधेसी, मुस्लिम, थारु सहित अल्पसंख्यक समुदायको राज्यमा पहुच गर्ने गरि आएको संविकान रक्षाका लागि आफू उम्मेदबार भएको बताउनुभयो ।

गच्छदारले आफ्नो संवोधन तथा शुभकामना दिने क्रममा मंसिर४ गते हुने निर्वाचनमा आफूलाई जनताले विजयी गराउनेमा विश्वस्त रहनेको भन्दै फेरी बिजयी पश्चात् आफू सम्पुर्ण कार्यकाल यसै क्षेत्रको विधार्थी, युवा, महिला र पिछडिएका दलित समुदायको आर्थिक उन्नति,शैक्षिक क्षेत्रमा बैज्ञानिकिकरण, कृषि क्षेत्रमा यान्त्रिकरण र आधुनिकिकरण सहित उल्लेख्य सुधार गर्ने बताउनुभयो । उहाँले नागरिकको पक्षमा महत्वपूर्ण कार्यहरु गर्दै आएको फेरी पनि गर्ने बाचाका साथ जनताको माझमा आएको बताउनुभयो ।

फरक प्रसंगमा गच्छादारले यहाँका आदिवासी, जनजाती र थारु समुदायको कला संस्कृतिको जगेर्ना गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले आफू माथी खादै नखाएको विष लगाउने प्रयास गरेको ललिता निवास जग्गा प्रकरणमा आफूले कुनै गल्ती नगरेको दावी गर्नुभयो ।

उहाँले आफूलाई सड्यन्त्रपूर्वक र जबरजस्ती झूठा मुद्दा लगाएकोले सम्मानित अदालतबाट आफू निर्दोष सावित हुनेमा पूर्ण विश्वस्त रहेको जिकिर गर्नुभयो । कार्यक्रममा उपस्थित भएका भुस्कलवावासी सहित सम्पूर्ण सहभागीहरुले बिजय कुमार गच्छदारको पक्षमा आफूहरुले मतदान गर्ने र जनताको सालिन नेता , विकास प्रेमी नेता बिजय कुमार गच्छदार नै भएको भन्दै मतदान गर्न आतुर रहनेको नारा लगाउनुभएको थियो ।