ति अज्ञानीहरू जो काँग्रेसका बारे चिन्ता गर्छन् !

जयप्रकाश आनन्द

पुरानो काँग्रेसको कुरा नगरौं। त्यो अब फर्किन्न्। पछिल्लो काँग्रेसमा ‘सत्ता’ शब्द मात्रले सदैव दुईटा अन्तःप्रेरणा दिदै आएको छ। पहिलो काँग्रेस भित्र गुटको निर्माण गरि तेससंग टास्सिएर रहने। दोस्रो, पार्टीको संचालन तथा मुलुकमा देखिएका नयाँ नयाँ जन अपेक्षाहरूको अनदेखा गरि यथास्थितिको निरन्तरता एवं पक्षपोषण गर्नु। ‘सत्ता’ शब्दले यो दुई अभिप्रेरणा हालको काँग्रेसलाई दिएको छ ।
अहिले काँग्रेसको हातबाट सत्ता टाढिएको छ। काँग्रेसका धेरै शुभचिन्तकहरू हाल दुःखी जस्तो देखिन्छन्। तर तिनीहरू दुःखी रहन्नन्। भर्खरै डाकिएको काँग्रेसको केन्द्रीय समितिको अलांकारिक बैठकमा सबैले मनको बह (पेट दुःखेर मुखमा पानी आई रहने एक प्रकारको रोग) पोख्छन्। बैठक अवधिभर शेरबहादुर देउवा घरीघरी चश्मा निकाल्दै सीसा सफा गर्छन, घरी औलाको औठी अर्को हातको औलाबाट नचाउँने छन् ।
पट्यारलाग्दो कुराहरू तथा सुन्न न चाहेको आलोचना सुन्नै पर्दा यो तरिका उपनाउनुमा उनलाई धैर्यता मिल्दछ। यस्तै समअवस्थामा गणेशमान जी कुर्सीमा बसीबसी निदाउनु हुन्थ्यो। गिरिजा बाबु कुरा सुने जस्तो गर्दै अरू कुरा सोच्नु हुन्थ्यो, फुईफुई चुरोट तान्नु हुन्थ्यो-बोल्नेलाई लाग्द्थ्यो कि मेरा कुरा बडो धैर्यका साथ सुन्नु भयो। मनलाई शांतिको बाटोमा डोर्याउने यस्ता कलाहरू देउवा जीलाई थाहा छ। केन्द्रीय बैठकमा जिब्रो पडकाउदै, आँखी भौं लाई तलमाथी पार्दै बोल्ने सदस्यहरू हलुका हुनेछन् ।
अन्तमा, शेरबहादुर जी पालैपालो गरी सबै तिर हेर्दै भन्नु हुनेछ-“धैर्य राख, गत संसदमा हामी आजको भन्दापनि थोरै संख्यामा थियौं। तर, के काँग्रेसको नेतृत्वमा सरकार बनेन ? माओवादले समर्थन मात्र गरेको थिएन, एमाले-माओवादीको एउटै पार्टी थियो। केपी ओली प्रम थिए। लगभग सबै प्रदेशहरूमा उनिहरू कै बहुमत थियो, उन कै मुख्यमंत्री थिए। तर बदलियो त सबै, केपी हटे, प्रदेशहरूमा मुख्यमंत्री, प्रदेश प्रमुखहरू बदलिए। फेरी पनि तेही हुन्छ। बुझ्नु भो।” देउवाले यति भन्ना साथ काँग्रेसजनमा अनौठो ‘आत्ममुग्घता’ देखापर्छ। बैठक सकिन्छ। काँग्रेस पुनः सत्ताको संभावना र ‘उलाद्दीन’ का चिराग राखेका नेता शेरबहादुर प्रति भावविभोर हुन्छन् ।
हुनत् त हो, हालैको चुनावले बनाएको अस्थिर संसदमा आजको काँग्रेसले आफ्नो फलिफाप देख्ने अझ् धेरै ठाउँ छ। कतिखेर ओलीको आँखा झिम्क्याई बुझेर प्रचण्ड शेरबहादुरकोमा पुग्छन्, उपेन्द्रहरू कतिखेर कसको इसारामा तम्बु परिवर्तन गर्छन कसलाई थाहा छ र? यो खेल त हुदै आएको हो ।
यसैले गर्दा मैले भनेको हुँ कि काँग्रेस चिन्ता मान्दैन, शेरबहादुरको सानिध्यता पाएका कुनै काँग्रेसी चिन्तित हुन्नन्। उनिहरू फेरीपनि काँग्रेस भित्र गुटको निर्माण तथा सम्वर्धन गरी तेससंग टास्सिएर रहन्छन्। उनिहरू पार्टीको संचालन तथा मुलुकमा देखिएका नयाँ नयाँ जन अपेक्षाहरूको अनदेखा गरि यथास्थितिलाई अबिच्छिन्न् निरन्तरता दिन्छन्, पक्षपोषण गर्छन्। शेरबहादुर जीले देखाई दिने ‘सत्ता’ को संभावनाले काँग्रेस अभिप्रेरित हुन्छन्। तेसमा शेखर जी पनि खुशी हुनेछन् र पो त भन्नु भएको हो-“काँग्रेसको हातबाट सत्ता गएको हो, काँग्रेस कमजोर भएको होईन।” पढनु भयो होला नि उहाँको वक्तव्य !
काँग्रेस फेरी यसैमा मस्त रहन्छ, आशावादी रहन्छ ।