त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द

काठमाडौँ : देशभर चर्किएको आन्दोलन र आगजनीका घटनाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहित आसपासका क्षेत्रमा निरन्तर आगलागी भइरहेका र अन्य परिस्थितिले हवाई सुरक्षा प्रतिकूल बनेपछि विमानस्थल बन्द गर्ने निर्णय गरिएको हो ।

आकाशमा रहेका विमानलाई सुरक्षित अवतरण गराएपछि बाँकी सबै उडान रद्द गरिएको छ । विमानस्थलमा आवतजावत रोकिएसँगै यात्रुहरू अन्यत्र अलमलिएका छन् ।

अत्यधिक संवेदनशील अवस्थामा रहेको विमानस्थललाई नेपाली सेनाले सुरक्षा दिइरहेको छ । परिस्थिति सामान्य नहुँदासम्म विमानस्थल बन्द नै रहने प्राधिकरणले जनाएको छ ।