मनमोहन प्राविधिक बिश्वबिद्धालयमा अन्दोलन

पुस १३ गते । मोरङको बुढीगंगा गाउँपालिका स्थिति रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा पटक पटक राखेको अफ्ना माग हरुलाइ बिश्वबिद्धालयले बेबस्ता गरेको भन्दैे शिक्षक कर्मचारीहरु संगठनहरू पेन डाउनमा बसे पछी तालाबन्दी भएको छ ।


बुधबार बिश्वबिद्धालयले शिक्षक कर्मचारी संगठनका माग समयमा सम्बोधन न गरिदिदा बिद्यार्थीको पढाई अन्योलमा परेको भन्दै तत्काल माग पूरा गर्न पर्ने भन्दै बिद्यार्थीहरुले तालाबन्दी गरेको हो ।
नेपाल सरकार ,भारत सरकार र मनमोहन स्मृति प्रतिष्ठानको त्रिपक्षीय सम्झौता भई २०६५सालदेखि सञ्चालनमा आएको मनमोहन प्राविधिक विद्यालयमा बिद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।

बिश्वबिद्धालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरू विगत केही समयदेखि विभिन्न माग राख्दै आन्दोलनरत छन । व्यवस्थापन र आन्दोलनरत पक्षबीच पटक पटक छलफल भई माग पूरा गर्ने सहमति भएको थियो ।
मनमोहन प्राविधिक विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले संयुक्तरुपमा शिक्षक र कर्मचारीहरुको हकहितलाइ सम्बोधन गरिदिन उपकुलपतिलाई १८ बुँदे माग सहितको पत्र बुझाएका थिए । “विभिन्न चरणमा छलफल भएको थियो ,तर छलफल र परामर्श विपरीत शिक्षक, कर्मचारी लगायत प्राविधिकहरूको नियुक्ति तथा बढुवा सम्बन्धी कार्यविधि २०७९पारित भएको पाइयो ।
स्थायी शिक्षक तथा कर्मचारीको बढुवा र करारहरूको हकमा स्थायी गरि सूचना प्रकाशित गर्ने शर्त थियो तर त्यस्तो पाइएन कन्चन झाले बताइन ।
बिद्यार्थी शिक्षक कर्मचारीहरु संगठनहरू बिश्वबिद्धालयमा तालाबन्दी गरि अन्दोलनमा उत्रियेको छ ।
संघर्षरत पक्ष कुनै पनि सुनुवाइ भएको देखिएन ,हामीले तालाबन्दी गर्न बाध्य भएका छौं । यसबाट पर्नजाने असुविधाप्रति सम्बन्धित बिश्वबिद्धालयका प्रमुख जिम्मेवार हुनेछन् ।