कोशीमा पानीको बहाव ४ लाख ३१ हजार ५२५ क्युसेक प्रति सेकेण्ड ५६ ढोका खोलिए

असोज १९ गते । देशकै सबैभन्दा ठूलो नदि सप्तकोसी नदिमा यो वर्ष कै उच्च पानीको बहाव उच्च मापन गरिएको छ ।

बिहान ९ः१५ बजे कोशीमा पानीको बहाव ४,३१,५२५ क्युसेक प्रति सेकेण्ड मापन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड ४ लाख ३१ हजार ५२५ क्युसेक प्रति सेकेण्ड पुगेपछि नदीले खतराको सतह पार गरेपछि ब्यारेजका ५६ ढोका खोलिएको जानकारी दिनुभयो ।

शुक्रबार र शनिबार लगातार बर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको वहाव बढ्दै गएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुनसरी प्रशासनले जनाएको छ ।

सप्तकोसी आसपासका सबै बासिन्दालाई पूर्ण सतर्कता अपनाउन आग्रह गरिएको र अति आवश्यक कामबाहेक बाहिर ननिस्किन आग्रह गरिएको छ ।

निरन्तरको वर्षापछि कोशी ब्यारेजमा पानी बहाव उच्च भएपछि दुईतर्फ रातो बत्ति बालिएको छ ।