प्रदेश १ का प्रदेश सभा सदस्यले शपथ ग्रहण गरे

पुस ११ गते । प्रदेश १ का प्रदेशसभा सदस्यले सोमबार शपथ ग्रहण गरेका छन् ।

शपथ लिनुभन्दा अगाडि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईलाई प्रदेश सभाध्यक्षका रुपमा शपथ गराइएको थियो ।


त्यसपछि सभाध्यक्षले अन्य ९२ जना सांसदलाई शपथ ग्रहण गराइएको प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।


प्रदेश सभामा ६ जना सांसदले मातृ भाषमा शपथ ग्रहण लिएका छन् । इन्द्रबहादुर आङ्बो, खिनु लङवा लिम्बू, कमलप्रसाद जवेगु, खगेनसिं हाङ्गाम र निर्माला लिम्बूले मातृ भाषा (यक्थुम÷लिम्बू) र सुनिता गच्छदार चौधरीले मातृ भाषा थारुमा शपथ लिएका सचिव पराजुलीले जानकारी दिए ।


प्रदेशमा सबैभन्दा ज्येष्ठ सांसद गनगाईको जन्म २००० साल ६ महिना २० गते भएको छ भने सबैभन्दा कान्छो सांसद बन्दना झाँगरको जन्म २०४३ साल तीन महिना १५ गते भएको हो ।
प्रदेश १ मा प्रत्यक्ष तर्फ ५८ र ३७ समानुपातिक सांसद गरी ९३ सांसद छन् ।