बराहक्षेत्रका कृषकहरुले गहुँ र मकैमा जिरो टिलेज र सुपर सिडर प्रविधि सुरु गरे

बाबुराम कार्की , प्रकाशपुर
पुस ८ गते । बराहक्षेत्रका कृषकहरुले गहु र मकैमा जिरो टिलेज र सुपर सिडर प्रविधि सुरु गरेका छन ।

कृषि अनुसन्धान निर्देशनालय प्रदेश १ तरहराले नार्क प्रविधिमैत्री गाउँ बराहक्षेत्र ९ र १० मा विउँ प्रर्दशन कार्यक्रम मार्फत यो प्रविधि बाट गहुँ र मकै रोप्न सुरुगरेको छ ।

कृषि अनुसन्धान निर्देशनालय प्रदेश १ तरहराको सहयोगमा र प्राविधिक सहकार्यमा बराहक्षेत्र नगरको दुईओटा वडालाई नार्क प्रविधिमैत्री गाउँमा अनुसन्धान, परीक्षण एवम् प्रसारको काम सुरु गरेको निर्देशनालयका निर्देशक केशवप्रसाद श्रेष्ठले बताए ।

प्रदेश १ का १४ जिल्लामा तराईको प्रतिनिधित्व गर्ने गरी सुनसरी जिल्लाको बराहक्षेत्र ९ र १० वडालाई प्रविधिमैत्री गाउँमा छनौट गरेको हो । अनुसन्धान गरिएका जातहरु लाई कृषकसम्म पुराउन नार्क प्रविधिमैत्री गाउँलाई नमूनाको रुपमा राखिएको प्राविधिक अधिकृत विनोद यादवले जानकारी दिए ।

‘दुई वर्षदेखि अनुसन्धान पश्चात प्रविधिमैत्री गाउँमा कृषि अनुसन्धान निर्देशनालय प्रदेश १ तरहराले अनुसन्धान गरेका गहूँ, मकै, आलु, रायो साग, जै घास, माछा र बंगुरको विउँ निःशुल्क रुपमा छनौट गरेका किसानहरु लाई दिने गरेका छौ ।

अनुसन्धान भई सकेका र अनुसन्धानकै क्रममा रहेका जातहरुको प्रर्दशनीका लागि प्राविधिक र प्रविधिको साथमा किसानहरुले लगाउने काम गरिरहेका छन्’ ।

यदवले भने जिरो टिलेज र सुपर सिडर प्रविधिको प्रविधिमैत्री गाउँमा प्रसार भइसकेको छ । विभिन्न देशमा सफल परीक्षण भई अघि वढेको यो प्रविधिको मुख्य उद्देश्य उत्पादन लागत कम गर्ने, कृषि यन्त्रीकरण प्रयोगबाट कृषि जनश्रमको अभावलाई कम गर्ने, बाली सघनतामा वृद्धि गर्ने र खेतमा रहेको झारपातलाई खेतमै कुहाएर उत्पादन बढाई गरिबी न्यूनिकरण गर्ने उद्देश्य रहेको कृषि अनुसन्धान केन्द्र, तरहरा सुनसरीका निर्देशक केशवप्रसाद श्रेष्ठले बताए ।
जिरो टिलेज कृषकहरुको खेत बारीमा विभिन्न खेती प्रणाली अन्र्तगत गरिएको अनुसन्धान र प्रसार मध्ये गहु र मकैमा सफल भईसकेको निर्देशक श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने ‘गहु र मकैमा सफल भई कृषकहरु आफैले पनि खेती सुरु गर्दै आएका छन् ।’

गहु र मकैमा सफल भएको र ३० प्रतिशत जति उत्पादन लागत घटेको र उत्पादन समेत केही बढ्न गएको बराहक्षेत्र ९ का कृषक अमृत चौधरीले बताए । कृषक हरिनारायण चौधरी भन्छन्, बराहक्षेत्र ८ का किसानहरुले जिरो टिलेजको प्रयोग गरेर मकैमा राम्रो आम्दानी गरिरहेका छन् । बराहक्षेत्र १० का कृषक कृष्ण खड्काले १० कठ्ठा क्षेत्रफलमा अनुसन्धान कार्यालयले दिएको बिउ सुपर सिडर मेसिनको प्रयोगबाट गहु छरेका छन् । उनले भने छिटो र जग्गा तयारी नगरी नै बाझो जमिनमा रोप्न सकिदो रहेछ ।

अनुसन्धान केन्द्र तरहराले गहुमा छ जनालाई, जै घासमा छ जनालाई, मकैमा ३५ जनालाई, आलुमा आठ जनालाई, रायोको सागमा पाँच जनालाई, बंगुर र माछा १० जना कृषकलाई बिउँ वितरण गरेको छ । अनुसन्धान निर्देशनालयबाट निकालिएका बिउहरु किसानसम्म पु¥याउनका लागि बिउँ प्रदर्शनीका लागि निशुल्क वितरण गरिएको प्राविधिक अधिकृत विनोद यादवले जानकारी दिए ।