रोजगारका लागि सबैको हातेमालो आवश्यक ः मुख्यमन्त्री राई

आशिष कुमार यादव
पुस ८ गते । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले रोजगार सृजनागर्नका लागि सबैसंगको हातेमालो आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार सुनसरीको दुहवीनगरपालिकाको आयोजना गरेको दुई दिने “वृत्ति परामर्श उद्यमतथा रोजगार मेला”उद्घाटन गर्नुहुदै उहाँले कुरा बताउनुभएको हो ।

मुख्यमन्त्री राईले विकास र समृद्धिको लक्ष्यहासिलगर्नका लागि सबैको आय स्तर सुधार हुनुपर्ने र त्यसको उतमउपायभनेको रोजगार वा स्वरोजगार भएकाले यसलागि सबैसंगको हातेमालो आवश्यक रहेको बताउनुभयो ।

रोजगार र विकास सहितका सबै काम सरकारले मात्रै नभई गैरसरकारी संस्था, नागरिक समाज, उद्योग प्रतिष्ठान र नीजि क्षेत्रले समेतले यसकालागि योगदानगर्नुपर्नेबताउनुभयो ।

उहाँले देश निरकुंश साशनबाट लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेकाले अवनागरिकलाई उधमी र रोजगारका लागिप्रदेश सरकारले सबैपक्षसंग हातेमालो गर्ने बताउनुभयो ।

उहाँले दुहवीमा ऐतिहासिक रुपमा मेलाको आयोजनागरिएको र रोजगार सृजनामा केहीमात्रामाभएपनि योगदानगर्ने विश्वाशव्यक्तगर्नुभयो ।
उद्घाटन कार्यक्रममा दुहवीका नगर प्रमुख वेदनारायण गच्छदारले प्रदेश कृषिमन्त्रालय सहितप्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, प्रदेश नं. १, मनमोहन प्राविधिक विश्वविद्यालय, नेपालउद्योग परिसंघ प्रदेश नं. १, नेपालतालिमतथा रोजगार व्यवसायीमहासंघ, प्रदेश नं. १, व्यावसायिक सीप तथा तालिमप्रदायक संघ, प्रदेश नं. १, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, दुहवी उद्योग बाणिज्य संघ र नेपाल सरकार तथा स्विजरल्याण्ड सरकारको द्विपक्षीय परियोजना– दिगो तथा सम्मानित रोजगारीकालागि सीप, आसमान नेपालपरियोजनाको सहकार्यमा मेलाको आयोजना गरिएको बताउनुभयो ।

दुहवीमा विभिन्न सरोकारबाला र सहयोगीहरुको साथमा स्थानीय सरस्वती माविको खेल मैदानमा दुई दिने वृत्ति परामर्श,उद्यमतथा रोजगार मेलाको आयोजनागरिएको जानकारी दिनुभयो ।
प्रमुख गच्छदारका अनुसार वृत्तिविकास तथा रोजगार सम्बन्धी परामर्श सेवातथासूचनादिइने, सीपमूलकतालिमदिने संस्थाहरुको प्रदर्शनी र तालिमकोसूचनादिइने,रोजगार सेवाप्रदायक सेवाको अवसरको सूचनादिइने,रोजगार सम्बन्धी सूचना तथा रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने,रोजगारको अवसर प्रदानगर्न सकिने,रोजगार सूचना प्रणाली (श्रमसंसार)को जानकारी दिइने,स्थानीयउत्पादनप्रदर्शनीगरिने,उद्यमशिलताविकास तथाव्यवसायिकविकास प्रवद्र्धनको परामर्श प्रदानगरिने,स्थानीय लघुउद्यमीहरुको उत्पादित वस्तु तथासीप प्रदर्शन तथाप्रवद्र्घनगरिने,दुहवीनगरपालिकाबाट प्रदानगरिने तालिम तथा सेवाको जानकारी गराइनेछ ।


मेलामा २ हजारले प्रत्यक्ष रोजगारी पाउने आंकलन गरिएको र ४ बर्ष अगाडी दुहबी नगरपालिकाको आयोजनामा भएको रोजगार मेलामा १ हजार बढीले रोजगार पाएको दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले जनाए ।
स्थानीय जनशक्तिलाई स्थानीय स्तरमै रोजगारी तथा स्वरोजगारी उपलव्ध गराउने तथा उत्प्रेरित गर्ने अभिप्रायले आयोजना गरिएको वृत्ति परामर्श उधम तथा रोजगार मेलामाविभिन्नउद्योग व्यवसाय हरु बाट सीप युक्त जनशक्तिको मागको रहेको छ ।


मेलाबाट विद्यार्थीहरु तथा युवाहरुले वृत्ति परामर्श सेवाप्राप्तगर्ने, बेरोजगार युवाहरुले विभिन्नउद्योग तथा व्यवसायमा रोजगारी प्राप्तगर्ने, श्रमसंसार मार्फत रोजगारी तथा सिपको अवसरको जानकारी प्राप्तगर्ने, उद्योग तथा व्यवसायीहरुले उपलब्ध जनशक्तिबारे जानकारी पाउने, बेरोजगार युवाहरुले स्थानीय स्तरमा रहेको उद्योग तथा व्यवसायसंग उपलव्ध विभिन्न रोजगारीकाअवसरवारे जानकारी पाउने भएकाछन ।


मेलामा घरायसी उत्पादन अचारदेखी चर्खा, लघु उधनीले उत्पादन गरेको गुडिया, भुजिया, कपडा, विधुतीय वाईक, थारुको जातिय खानाका परिकारका स्टल सहित ५५ वटा स्टल रहेको छ । सेवा प्रवाह गर्ने सिटिभिटि सहितका प्राविधिक शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको समेत स्टल राखिएको छ ।