भारतीय राजनीतिका –एक चर्चित प्रसंग

शिब नारायण यादव
भारतीय राजनीति का चर्चित प्रसंगका विषयमा केही घटनाहरूको उल्लेख गर्न मन लागेकाले यहा प्रकरणहरुमा उल्लेख गर्न लागेकाे छु ।
हालै भारतीय संसदकाे बजेट अधिवेशन प्रारम्भ भएकाे छ । अधिवेशन शुरु हुनु अगावै राष्ट्रपति द्रौपदी मुर्मुकाे अभिभाषण भएको थियो ।
राष्ट्रपतिकाे अभिभाषण उपर संसदमा चर्चा हुदा विभिन्न सासंदहरुले आआफ्नो बक्तब्य दिनु भएका थिए ।प्रायः सरकारले नै तयार पारेका भाषण राष्ट्रपतिले पढेर सुनाउने प्रचलन छ ।साे भाषण पछि पत्रकारहरूकाे जवाफ दिने क्रममा कांग्रेस पार्टीका ससंदीय दलका नेता साेनिया गाँन्धीले राष्ट्रपति द्रौपदी मुर्मुलाई poor lady भनि बताए ।
त्यस उपर सत्तासीन दलका नेताहरूले गान्धीकाे उक्त भनाइलाई आलोचना गरेका छन् ।यसरी राष्ट्रपतिलाई poor lady भनिएका कथन मनासिब भन्न मिल्छ वा मिल्दैन ?विगतमा के कुन राजनेताहरु कमजोर थिए ?तथा कांग्रेसकाे शासनकालमा के कुन नेताहरूकाे भूमिकालाई poor performance रुपमा लिन सकिन्छ ।निम्न प्रकरणमा उल्लेख गर्ने प्रयास गरेको छु।
=-सरदार बल्लभ भाई पटेल ,जाे स्वतन्त्र भारतका प्रथम उप -प्रधानमन्त्री र गृहमन्त्री भएका थिए ।जसले विभिन्न पाँच सय भन्दा बढी सा साना राजा रजौटाहरु (princely states )लाई भारतमा समावेश गर्ने अति महत्त्वपूर्ण कार्य गरेका थिए ।स्वतन्त्र भारतकाे प्रधानमन्त्री चयन गर्ने क्रममा तत्कालीन १५ राज्यका कांग्रेसका प्रदेश कमिटीहरुकाे बहुमतबाट छनौट गर्नुपर्नेमा पटेलकाे पक्षमा १२ मत प्राप्त हुदाहुदै पनि महात्मा गांन्धीले जवाहरलाल नेहरुलाई प्रधानमन्त्री बनाएका थिए ।यसरी पटेल poor भएको देखियो ।साथै कांग्रेसकाे शासनकालमा वहाँलाई भारतरत्नकाे सम्मान पनि दिईएन ।अरु नै पार्टीको शासनकालमा उक्त सम्मानबाट बिभूषित गरियो ।वहाँलाई लौहपुरुष (Man of iron )भनिन्छ ।
=-भारतमा सन् १९७५ मा राष्ट्रपति फखरुदीन अलि अहमद थिए ।वहाँकाे समयमा प्रधानमन्त्री ईन्दिरा गान्धीले देशमा आपातकाल लगाउने क्रममा राष्ट्रपतिलाई आफ्नो प्रभाव देखाएर घाेषणामा सही गराएकी थिइन् ।आपातकाल लगाउने अवस्थाकाे विद्यमानता थियो थिएन ,साेच्ने विचार गर्ने समय पनि दिइएन ।त्यसर्थ अहमदलाई poor president काे रुपमा सम्झिन्छ ।
=-भारतकाे प्रथम राष्ट्रपति डाक्टर राजेन्द्रप्रसाद थिए ।त्यस समयमा गुजरात स्थित ऐतिहासिक साेमनाथ मन्दिरकाे पुर्ननिमाण सम्पन्न भई समुद्घाटन समारोहमा राष्ट्रपतिलाई निमन्त्रणा गरिएकोमा साे समारोहमा राष्ट्रपति जान नहुने भनि प्रधानमन्त्री नेहरुले राेक्न खाेजेका थिए ।तर राष्ट्रपति ले वहाँकाे सल्लाह नमानी समारोहमा उपस्थित भई समुद्घाटन गरेका थिए ।त्यसपछि उक्त समुद्घाटनमा राष्ट्रपतिले दिएका भाषण आकाशवाणीबाट प्रसारण गर्न राेक लगाई राष्ट्रपतिलाई poor बनाउने प्रयास भएको थियो ।
=-राजिव गान्धी प्रधानमन्त्री भएकाे समयमा राष्ट्रपति ज्ञानी सिंह थिए ।सिखहरु माथि भएको आक्रमणकाे समयमा राष्ट्रपतिको टेलिफोन उठाउन प्रधानमन्त्रीले छाेडेका थिए ।आफ्नै दलबाट निर्वाचित राष्ट्रपतिलाई poor बनाउने कार्य भएको मानिन्छ ।
=-आफ्नै पार्टीबाट निर्वाचित प्रधानमन्त्री पी भी नरसिंहा रावकाे देहावसान पछि पार्टी कार्यालयमा शव राख्न नदिई दिल्लीमा अन्तिम संस्कार हुन समेत नदिएपछि पार्थिव शरीर लाई विमानद्वारा गृहराज्य आन्ध्र प्रदेश लगी अन्तिम संस्कार गरेका थिए ।आर्थिक रुपमा संकटकाे स्थितिमा देशमा liberalism र globalization नीति ल्याई संकटमाेचककाे रुपमा आर्थिक स्थिति सम्भालेका प्रधानमन्त्रीकाे कीर्ति लाई poor बनाउने कार्य गरियो ।
=-आफ्नै दलका सभापति सीताराम केशरीलाई पार्टी कार्यालयमा हातपात गरी काेठामा बन्द गरी सभापति पदबाट हटाई आफू साे पदमा पदासीन हुने कार्य पनि गरेको सुनिन्छ ।आफ्नै पार्टीका सभापतिलाई poor बनाउने कार्य गरिएको मानिन्छ ।
=-आफ्नै दलबाट राष्ट्रपति भएका प्रणव मुखर्जीलाई नरेन्द्र माेदीका सरकारले देशकाे सर्वोच्च पुरस्कार भारतरत्नबाट सम्मानित गरि प्रदान गरिने समारोहमा कांग्रेस पार्टीबाट काेही पनि उपस्थिति नभई आफ्नै दलबाट निर्वाचित राष्ट्रपतिकाे गरिमालाई poor बनाउने प्रयास भएकै बुझिन्छ ।
=-मनमाेहन सिंहलाई गठबन्धन सरकारकाे प्रधानमन्त्री बनाउन लगाई सबै अधिकार असम्बैधानिक रुपमा कमिटी (National advisory committee )बनाई उक्त कमिटी काे अध्यक्ष आफू भई de facto शक्ति आफैंमा राखी आफ्नै निर्देशनमा प्रधानमन्त्रीलाई काम गर्न बाध्य बनाई प्रधानमन्त्री पदकाे गरिमालाई poor बनाउने कार्य भएकै हाे ।
लाेकतान्त्रिक ,गणतन्त्र भएको देशमा दलित ,आदिवासी ,पिछडिएका ,आर्थिक रुपमा पछि परेका समाजलाई प्राथमिक दिई आगाडि ल्याउने कार्यलाई सकारात्मक एवम् उत्तम विचारकाे रुपमा लिनैपर्छ ।बंशवाद र परिवारवाद प्रजातान्त्रिक देशहरूका लागि अभिशापकाे रुपमा रहेको छ ।
वर्तमान राष्ट्रपति द्रौपदी मुर्मु आदिवासी महिला हुनुहुन्छ ।राष्ट्रपति पद राष्ट्रकाे सर्वोच्च पद हाे ।जुनसुकै दलबाट राष्ट्रपति भए पनि सबैकाे लागि समान र साझा मानिन्छ ।उक्त पदमा आशिन ब्यक्ति दलगत राजनीति वा स्वार्थ भन्दा माथि हुन्छ तथा सम्मानित रुपमा मानिन्छ ।राष्ट्रपति काे पदलाई संस्था मान्ने गरिन्छ । आदिवासी महिला राष्ट्रपतिलाई बिपक्षी दलकी महिला नेतृले अपहेलित र अपमानित महसुस गराउने शब्दको प्रगाेग गर्नु शाेभनीय मानिदैन ।त्यसले गर्दा वहाँलाई poor lady मान्न र भन्न कदापि मनासिब देखिदैन ।
वहाँ पार्षद ,विधायक ,मन्त्री ,राज्यपाल पदमा कार्य गरी सक्नु भएको छ।आफ्नो जीवनमा वहाँले पति, छाेराहरु ,भाई समेतकाे वियोगान्तकाे वेदनालाई आत्मसात गरेर पनि आफूलाई देश र समाजकाे उन्नति र प्रगतिकाे पथमा उभिनु भएको छ । वहाँ सम्मानका पात्र हुनुहुन्छ । लेखक-वहा उच्च अदालत पुर्ब न्याधिष हुनुहुन्छ ।