सरदार बाँतर समाजको पाचौं जिल्ला अधिवेशन उद्घाटन

फागुन १ गते । तराईमधेशमा बसोबास गर्ने सरदार बाँतरहरुको जातिय संस्था नेपाल सरदार बाँतर समाज उत्थान केन्द्र सुनसरीको पाचौं जिल्ला अधिवेशन उद्घाटन भएको छ ।

जातीय हकहित, अधिकार र पहिचानको पक्षमा काम गर्दै आएको नेपाल सरदार बाँतर समाज उत्थान केन्द्र सुनसरीको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

केन्द्रको जिल्ला अधिवेशन तथा सम्मेलन उद्घाटन कार्यक्रम जिल्ला अध्यक्ष लक्ष्मि सरदारको अध्यक्षता र केन्द्रिय अध्यक्ष चन्द्रकुमार सरदारको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

उद्घाटन कार्यक्रममा सरदार समुदायका अगुवा अग्रजहरु श्री श्री १०८ श्री लालबिर दास बैरागी, पुरन दास बैरागी र सरदार समुदायका मैनजन आशा कुमार सरदारलाई सम्मान गरेको छ । जेष्ठ नागरिक तथा जातिय मैनजनलाई अधिवेशनको अवसरमा सम्मान गरेको कार्यक्रम संचालक भूपेन्द्र सरदारले जानकारी दिनुभयो ।

उद्घाटन सत्रको कार्यक्रममा प्रेमलाल दास बैरागी,श्याम सरदार, सुभाष सरदार,पदम सरदार, सजिव सरदार, जगदीश सरदार, इटहरी १३ का वडा अध्यक्ष चन्देश्वर सरदार, एमाले नेता कष्ट कुमार नेपाल  सहितले बन्द सत्र सफलताको शुभकामना दिनुभयो । केन्द्रको पदाधिकारी चयन गर्दै बन्द सत्र सकिने जनाएको छ ।

कार्यक्रममा जोखन सरदार, शुभक लाल सरदार, बनवारी सरदार, श्याम कुमार सरदार, सोने लाल सरदार, बासुदेव सरदार, सर्जुग सरदार, दन्नालाल सरदार, सिताराम सरदार, चतुर सरदार, ज्ञान सरदार, राजेन्द्र सरदार, घूरन सरदार,सुरेश सरदार, अनिल सरदार, संजुला सरदार, शिव कुमार सरदार, उमेश सरदार, हुबीलाल सरदार, बुद्धीलाल सरदार, शीव नन्दन सरदार, प्रशुराम सरदार, झमेली सरदार, फागु लाल सरदार पत्रकार जयकृष्ण यादव र लक्ष्मी दंगाल सहितको दुई सय बढी सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।

वक्ताहरुले सरदार समुदायको एकतामा जोड दिदै पार्टीको झोलेको रुपमा संस्थालाई लान नहुनेमा जोड दिएका थिए । कसैको पछि लाग्नु भन्दा आझै सक्षम संस्था बनाउने र अगाडि बढ्ने साहस गर्नुपर्नेमा समेत सरदार अगुवाहरुले जोड दिनुभएको थियो ।