संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मोदीद्वारा लोहन्द्रा पुल उद्घाटन

 । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले ग्रामथान र बेलबारी जोड्ने लोहन्द्रा खोलाको पुल मंगलबार उद्घाटन गरेका छन ।

लोहन्द्रा खोलामा २०७४ साउनमा आएको बाढीले बेलबारी–५ र ग्रामथान जोड्ने पुल बगाएपछि नयाँ पुल निर्माण गरिएको हो ।

पुल बनेपछि त्यसले स्थानीयवासीको जीवन सहज बनाउनुका साथै यस क्षेत्रका बासिन्दाले उत्पादन गर्ने कृषि उपज नजिकका बजारसम्म ल्याउन र बजारका सामान गाउँमा लैजान सहज हुने आफु बिस्वस्त भएको मन्त्रि मोदीले बताए ।

पुल मोरङको बेलबारी, केराउन, ग्रामथान, बुढिगंगा, खनार, दुहवी, विरारचौक र विराटनगर आवतजावत गर्ने व्यक्तिको लागि लोहन्द्रा पुल महत्वपूर्ण उपयोगी सडक मार्गको पुल मानिन्छ ।

त्यसक्रममा मन्त्री मोदीले संघीयता बलियो बनाउनु पर्ने बताए । ‘संघीयतालाई थप बलियो र मजबुत बनाउनका लागि जनताको साथ अपरिहार्य छ’ मन्त्री मोदीले भने, ‘संघीयताको समस्या केलाउँदै समाधान गरी यसलाई थप बलियो र सुदृढ बनाउनुको विकल्प छैन ।’

संघीयता कार्यान्वयनमा केही कमजोरी देखिए पनि संघीयता र गणतन्त्रको विकल्प उन्नत र बलियो संघीयताबाहेक अरू हुन नसक्ने उनको जिकिर थियो । समानुपातिक समावेशिता जस्ता संवैधानिक प्रावधानकै कारण सबैको राज्य सत्तामा पहुँच भएको उनले बताए ।

विराटनगरस्थित सुनसरी मोरङ सिचाई आयोजनाले सम्झौता समय अवधी अगाडी नै मोरङको लोहन्द्रा पुलको निर्माण कार्य पुरा गरेको छ । ४७ करोड रुपैयाँको लागतमा पुलको निर्माण कार्य पुरा गर्ने लक्ष्यको साथ अगाडी बढेको आयोजनाले १३ करोड रुपैयाँ बचत गर्दै ३४ करोड ९ लाख रुपैयाँको लागतमा पुलको निर्माण कार्य पुरा गरेको हो ।

सुनसरी मोरङ सिचाई आयोजनाका आयोजना निर्देशक भिलानन्द यादवले २०७६ सालमा लोहन्द्रा पुल निर्माणका लागि निर्माण कम्पनीसँग २०८० साल भाद्र महिना भित्रमा निर्माण कार्य पुरा गर्ने सम्झौता गरेकोमा ३ महिना अगाडी २०८० साल अषाढको पहिलो सातामै निर्माण कार्य पुरा भएको बताए ।

सडक डिभिजन कार्यालय विराटनगरले मोरङ जिल्ला भरी सम्झौता गरे अनुसार पुलको निर्माण कार्य पुरा गर्न नसक्दा ५० करोड रुपैयाँँ फिर्ता भएको छ । तर सुनसरी मोरङ सिचाई आयोजना विराटनगरका आयोजना निर्देशक भिलानन्द यादवको इमान्दारिताका कारण आयोजनाले कम लागतमा पुलको निर्माण कार्य पुरा गरेर सरकारलाई १३ करोड रुपैयाँ बचत गराई दिएको छ । २०७४ सालमा आएको बाढिले बेलवारी नगरपालिकाको वडा नं. ५ मा रहेको लोहन्द्रा खोलाको पुरानो ज्रिर्ण पुल बगाएको थियो ।

आयोजना प्रमुख यादवले आगामी १०० वर्ष भन्दा बढि समयसम्मको जनसंख्यालाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय सडक मापदण्ड बमोजिम पुलको निर्माण कार्य पुरा भएको बताए । उनले सुनसरी मोरङ सिचाई आयोजना अन्तगर्त विभिन्न खोला, नदि र नहरको पुल ज्रिर्ण भइसकेकोले नयाँ पुल निर्माण गर्नु पर्ने आवश्यकतामा जोड दिएको छ । आयोजनाले सुनसरी र मोरङ जिल्लाको ६८ हजार हेक्टर जमिन अर्थात १ लाख विघा जमिनमा सिचाई सेवा पु¥याउने गरी नहर मार्फत पानी पु¥याई रहेका छन् ।