TVRS सम्बन्धी छलफल तथा अन्तरक्रिया

। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी सुनसरीले शुरु गरेको Traffic Violations Record System सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा सम्पन्न भएको कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी सुनसरीका प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महत्तोले TVRS लागु भए देखी हाल सम्मको प्रगति बिबरण र ट्राफिक जरिवाना तथा बैकिङ भुक्तानी प्रणालीमा भएका समस्या र चुनौतीहरुको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले TVRS प्रणालीलाई ब्यबस्थित र पारदर्शी तरिकाले संचालन गर्न तथा भएका समस्या र चुनौतिहरुलाई क्रमिक रुपमा सुधार गर्दै लैजान निर्देशन दिनु भयो । कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रहरी अधिकृतहरु,जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, मोरङ र सुनसरीका ट्राफिक प्रहरी प्रमुख तथा TVRS लागु भएका स्थानहरुका ट्राफिक प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।