ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

 माघ २८ गते । मोरङको बिराटनगर महानगरपालिका- ५ बरगाछि चोक स्थितमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
आज बिहान साढे ९ बजे कंचनबारीबाट बरगाछी तर्फ आउदै गरेको बा. प्र ३-००१ ख १४११ नम्बरको ट्रकले बाटो क्रश गर्दै गरेको को. ३६ प २८८९ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक दुहबी नगरपालिका- ९ सुनसरीका २५ बर्षीय नगेन चौधरीलाई उपचारको लागि कोशी अस्पताल विराटनगर पठाईएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो भने मोटरसाईकलमा पछाडी सवार १६ बर्षीय सोस्था चौधरीको सोहि अस्पतालमा उपचार भईरहेको छ ।
ठक्कर दिने ट्रक चालक चितवनका ४१ बर्षीय शेर बहादुर राई समेत घाईते भई उपचारको लागि बिराटनर्सिङ् होम तर्फ पठाईएको र घटना सम्बन्धमा थप अनुसान्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।