बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले नर्सिङ स्टाफ, नर्सिङ इन्चार्ज, स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक महिना “Ward of the Month” कार्यक्रम सञ्चालन गर्दै आएको छ।

२०८३ भदौ १२ गते शुक्रबार आयोजित कार्यक्रममा २०८३ असार महिनाको “Ward of the Month” उपाधि NICU विभागले प्राप्त गरेको छ।
उत्कृष्ट सेवा, अनुशासन र समर्पणका आधारमा प्रदान गरिएको यो सम्मान NICU विभागका सम्पूर्ण स्वास्थ्यकर्मीहरूको अथक परिश्रम, व्यावसायिक दक्षता तथा बिरामीप्रतिको निष्ठाको कदर हो।

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले यस कार्यक्रमलाई निरन्तरता दिँदै प्रत्येक महिना उत्कृष्ट कार्य गर्ने टिमलाई सम्मान गर्ने र स्वास्थ्यकर्मीहरूको मनोबलसँगै सेवा गुणस्तरलाई अझ उच्च बनाउने प्रतिबद्धता व्यक्त गर्दछ।

