सुनसरीको दुहबीमा नेपाल यादव सेवा समिति गठन तथा संगठन विस्तार

सुनसरीमा नेपाल यादव सेवा समिति गठन तथा संगठन विस्तार अभियान जारी रहेको जनाएको छ ।

जिल्लाको दुहवी नगरापालिका यादवहरुको भेलाले नेपाल यादव सेवा समिति दुहवीमा आफ्नो समिति विस्तार गरेको हो ।

दुहवीमा गोविन्द यादवको अध्यक्षतामा ११ सदस्य नेपाल यादव सेवा समितिको नगर समिति विस्तार गरेको हो ।

यादवको अध्यक्षतामा गठन भएको नेपाल यादव सेवा समिति दुहवीको उपाध्यक्षदोयमा रमेश यादव र अशोक यादव, सचिवमा दिनेश यादव, सहसचिवमा नारायण यादव र कोषाध्यक्षमा गोपी यादव चयन हुनुभएको छ । नेपाल यादव सेवा समितिको नगर सदस्यहरुमा रंजित यादव, शिवकुमार यादव, संजित कुमार यादव, बलराम यादव, रामबाबु यादव लगायतका रहनुभएको छ ।

त्यसैगरी सल्लाहकार समितिमा आषिशकुमार यादव, जगदिश यादव, हिरालाल यादव, रामदेव यादव(खलिफा) र इ.कृष्णदेव यादव लगायतका रहनुभएको छ । नगर समिति गठन कार्यक्रममा समितिका जिल्ला सचिव जयकृष्ण यादव सहितको उपस्थिती रहेको थियो । भेलामा यादव समुदायका अगुवा वत्ताहरुले यादवहरुको बीचमा एकता, सद्भाव, सामाजिक विकास, सहयोग र भाईचारा सहित सामुदायिक विकासमा जोड दिएका थिए । यादवको संस्थालाई राजनियिक हस्तक्षेप मुक्त राख्ने तर सबै दलमा रहेका यादवलाई एकताको सुत्रमा ल्याउनेमा जोड दिएका थिए ।