दुहबीमा बिधालयको परिसर भित्र मेला लगाउन खोजेको भन्दै स्थानीय युवा द्वारा बिरोध

 ।  सुनसरीको दुहबी ५ स्थित रहेको सरस्वती उच्च माबी खेलमैदानमा श्रावण ८ गते देखि रमाईलो मेला लगाउन खोजेको भन्दै स्थानीय युवाहरुले सोमबार बिरोध जनाएका छन ।

स्थानीय युवा मनिस अधिकारीका अनुसार शिक्षाको मन्दिर जहाकी ज्ञान प्राप्त हुन्छ तेस्तो ठाउँमा रमाईलो मेला लगाई विद्यार्थीहरुको पठन पाठनमा बाधा पुर्याउने काम भएकोले सो मेला लाग्न बाट रोक्न सरोकार बाला लाई ध्यानाकर्षण गराएको बताए ।

अर्का स्थानीय युवा अनिस दाहाल भन्छन बिधालयको खेलमैदानमा दिनहु युवाहरू विभिन्न खेल खेलेर सिक्ने प्रयास गरेकोले मेलाको कारण खेल सिक्न बाट बन्चित हुने भन्दै मेला रोक्न आफुहरुले बिरोध गरेको बताए । यता स्थानीयहरुका भनाई अनुसार यो मेला केही मान्छेको समुहले ब्यक्तिगत आर्थिक लाभको लागि रातको समयमा समाजमा मेला लगाई विभिन्न किसिमको घटना परिघटना निमत्याउन खोजेको बताए ।

सो मेला लाग्ने ठाउँको वरिपरी घना बस्ति भएकोले बृद्धअबश्था भएका बिरामीका साथ साथै बालबालिकामा समेत ध्वनि प्रदुशन बाट असर पर्ने भएकोले सो ठाउमा मेला लगाउन उचित नभएको भन्दै मेला रोक्न स्थानीय सरकार तथा प्रशासन समक्ष माग समेत गरेका छन । सोही विषयमा मेला आयोजक दुहबी भेट्रान क्लबका अध्यक्ष निर्मल खडका संग बुझदा दुहबी नगरपालिका वडा ५ को कार्यालय बाट मेला लगाउने सिफारिस लिएको बाकी जिल्ला प्रशान कार्यालय सुनसरी बाट अनुमती पत्र चाडै आज भोलीमा लिने बताए ।

उता १ बर्श अगाडी दुहबी ६ स्थित लागेको मेलामा युवती लाई जिस्काएको भन्दै दुई युवा समुह बिच झडप हुदा केही युवाहरू घाइते समेत भएका थिए । सोही मेलामा जुवाजन्य गतिविधिको रिपोर्टिङ गर्न जादा एक संचार कर्मि माथी कुटपिट समेत भएको थियो ।