नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण

असार २५ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले आज नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण गर्नु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, सम्पुर्ण शाखाहरु तथा कक्षा कोठाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको थियो । यसका साथै वहाँले बिद्यालयका
प्रिन्सिपल र अन्य शिक्षक शिक्षिकाहरुसंग छलफल तथा अन्तरक्रिया गर्दै सोहार्दपुर्ण वातावरणमा अध्यापन गराउन अनुरोध समेत गर्नु भयो ।
प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै वहाले बिद्यार्थीहरुको रेखदेख नै स्कुलको पहिलो प्राथामिकता रहेको हुँदा उनीहरुको सुरक्षामा कुनै पनी द्वेष भाव नराखी दत्त चित्त भएर लागी पर्न र बिद्यार्थीहरुको शान्त वातावरणमा अध्ययन गर्ने अधिकारलाई शुनिश्चितता प्रदान गर्ने गरी कार्य गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।