भोक्राहा नरसिंहमा नव निर्मित इजलास कक्षको उदघाटन

सुरेन्द्र मेहता । सुनसरीको भोक्राहा नरसिंह गाउँ पालिकाले एक कार्यक्रमकाे आयोजना गर्दे नव निर्मित इजलास कक्षकाे उद्घाटन गरेको छ ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अभ्यास गर्दे तीनै तहको सरकारले २०७२ सालमा जारी भएको संविधानमा व्यवस्था भए बमोजिम नेपालको संविधानको धारा २१७ बमोजिम न्यायिक समितिको गठन हुने भनिए पछि सोही व्यवस्थालाई कार्यान्वयन गर्दे स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६, ५३ सम्म न्यायिक समितिको क्षेत्राधिकार तथा न्यायिक प्रक्रियाको बारेमा उल्लेख भई स्थानीय स्तरमा न्यायिक सम्पादनको अभ्यास गरिदै आएको थियोे ।

साेहि अनुरुप भोक्राहा नरसिंह गाउँपालिकाले न्यायिक समिति मार्फत स्थानीय स्तरमा रहेका न्यायिक समस्याहरुको छलफल र न्याय सम्पादन गर्द आईरहेकाे छ ।

सहज र सरलका लागि भोक्राहा नरसिंह गाउँ पालिकाले इजलास निर्माण गर्नेका लागि एक कार्यक्रम आयोजना गर्दे पालिकाले इजलासको सुनसरी जिल्ला अदालत माननीय अर्जुन अधिकारी ,पालिकाका अध्यक्ष अजमल अख्तर आजाद,उपाध्यक्ष सुनिता कुमारी उराँव सहितले सन्युक्त रूपमा उद्घाटन गरेका हुन ।

भोक्राहा नरसिंह गाउँ पालिकाले इजलासकाे स्थापना गरेर सराहनीय काम समेत गरेको उनलेे बताए । कार्यक्रममा गाउँ पालिका अध्यक्ष अजमल अख्तर आजाद , न्यायिक समिति संयोजक सुनिता कुमारी उराँव , प्रशासकीय अधिकृत सुवर्ण घिमिरे , नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह सभापति युवराज दाहाल , ८ वटै वडा अध्यक्ष ,वडा सदस्य, कार्यपालिका सदस्य लगायत पालिकाको कर्मचारीहरुको उपस्थिति रहेको थियो ।