एसईई नतिजाः कति विद्यार्थीले कति जिपिए ल्याए

काठमाडौं, असार २१ गते । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई–२०७९ को नतिजा प्रकाशित गरेको  छ । प्रकाशित नतिजा अनुसार ३.६ देखि ४ जिपिए ल्याउने २२ हजार ४७५ छन् । यो कुल विद्यार्थी संख्याको ४.६३ प्रतिशत हो ।

यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थी संख्या ५५ हजार ६९ छ। यो कुल विद्यार्थी संख्याको ११.६३ प्रतिशत हो । यस्तै २.८० देखि ३.२ जिपिए ल्याउने ७२ हजार ३६२ रहेका छन् । यो कुल विद्यार्थी संख्याको १४.९२ प्रतिशत हो ।

त्यसैगरी १.२ देखि १.६ जिपिए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ७७० रहेको छ । यो कुल विद्यार्थी संख्याको ७.९९ प्रतिशत हो । यस्तै ०.८ देखि १.२ जिपिए ल्याउने विद्यार्थी संख्या दुई हजार २०० रहेको छ । यो कुल विद्यार्थी संख्याको ०.४५ प्रतिशत हो ।

यस्तै, १३ हजार ९९२ विद्यार्थी अनुपस्थित वा एउटा कुनै विषय मात्र दिएका मध्ये रहेको परीक्षा बोर्डले जनाएको छ । यो कुल विद्यार्थी संख्याको २.८९ प्रतिशत हो । यस वर्षको एसईई परीक्षामा चार लाख ८४ हजार ९३९ जना विद्यार्थी सहभागी थिए ।