कोशीटप्पु मध्यवर्ती व्यवस्थापन समिति अध्यक्षमा खड्का चयन

असार १७ गते । मधेश प्रदेश र कोशी प्रदेशको बीचमा अवस्थित कोशीटप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती व्यवस्थापन समितिको अध्यक्षमा जंग बहादुर खड्का चयन हुनुभएको छ ।


करिब ११ महिना अघि गठन भएको कोशीटाप्पु मध्यवर्ती व्यवस्थापन समितिको अध्यक्ष राजकुमार सिंहले पदबाट राजीनामा दिएकाले सुनसरी, सप्तरी र उद्यपुरका मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुबाट नयाँ अध्यक्षमा जंग बहादुर खड्का चयन गर्ने निर्णय गरेको हो ।
राजकुमार सिंहले आफैले गरेको गल्ति कम्जोरीको उजागर हुने र आफ्नो पोल खुल्ने डरले कार्यकाल पुरा नहुदै राजीनामा दिएको स्रोतको दावी छ । सिंहले राजीनामा दिएको र स्विकृत गर्ने बैठकमा समेत सहभागी भएको देखिएको छ ।
यसले सिंहको नियत सफा नभएको र स्वार्थपुर्ती हुनजेलसम्म बसेको र त्यसबाट आफ्नै गल्ति कम्जोरीको बाहिर उजागर हुने र अनियमितताको पोल खुल्ने डरले कार्यकाल पुरा नहुदै राजीनामा दिएको स्रोतको जिकिर रहेको छ ।
आरक्षका संरक्षण अधिकृत रमेश कुमार यादवले समितिका अध्यक्ष सिंहले राजीनामा दिएको र सोही समितिको पूर्ण बैठकबाट राजीनामा स्विकृत गरि खड्कालाई अध्यक्ष चयन गरेको पुष्टी गर्नुभयो ।