सुनसरीमा सामूहिक धान रोपेर राष्ट्रिय धान दिवस मनाईयो

। सुनसरीमा २० औं धान तथा रोपाइ महोत्सव विभिन्न पालिकामा सामूहिक धान रोपेर भब्यताका साथ मनाईएको छ ।

यसैगरी सुनसरीको दुहवी नगरपालिकाका ९ मा भब्य रुपमा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ धान दिवस २०८० धान रोपेर दिवश मनाइएको हो ।

श्री राधाकृष्ण किसान बिकास समूह दुहबी ९ बेङ्डीको आयोजना राष्ट्रिय धान दिवस २०८० धान रोपेर मनाइएका छन् ।

धान दिवस मनाउने क्रममा सुनसरी दुहवी नगरपालिकाका उप प्रमुख मेनुका पोखरेल खतिवडाले कृषीमै नेपाललाई आत्मनिर्भर बनाउन सरकारले विशेष कार्यक्रम ल्याएको भएपनि साना किसानसम्म पुर्याउनु पर्ने बताउनुहुदै किसानलाईनै उत्पादनको मूल्य तोक्न दिनुपर्ने बताउनुभयो ।

धान दिवसमा आयोजित कार्यक्रमका प्रमुख अतिथी रहेका दुहवी नगरपालिकाका उप प्रमुख मेनुका पोखरेल खतिवडाले नेपाललाई कृषीमा सम्बृद्ध बनाउन सरकारले पकेट क्षेत्र, ब्लक क्षेत्र, जोन र सुपरजोन क्षेत्रको निति अनुसार अगाडी बढेको भएपनि सबै किसानको पहुचमा नपुगेको बताउनुभयो ।

यसै क्रममा बर्जु गाउँपालिकामा पनि बिबिध कार्यक्रमको अयोजना गरि धान दिवस मनाएको छ ।

जीवन निर्वाहा कृषि सहकारी संस्था लि. को अयोजना तथा बर्जु गाउँपालिकाको संयोजनमा सामुहिक रुपमा धान रोपी दिवस मनाएको गाउँपालिकाका अध्यक्ष जिवछ कुमार रायले जानकारी दिनुभयो ।

कार्यक्रममा अध्यक्ष रायले हाम्रो परम्परा लाई जोगाउन र कृषि धानबालिमा आत्मनिर्भर बनाइ आर्थिक उपार्जन बढाउन बैज्ञानिक कृषि प्रणाली आवस्यक रहेको र कृषकको समस्यालाइ केही हदसम्म भएपनी न्यूनीकरण गर्न कृषि बिमा (बाली बिमा) कार्यक्रम सन्चालन गरिनुपर्ने र सो को लागि ,प्रदेश सरकार केन्द्र सरकार सबैले सहयोग गरिनु पर्ने बताउनु भयो ।

बर्जु गाउँपालिकाका अध्यक्ष रायले प्रधानमन्त्री आधुनिकिकरन परियोजनाले आधुनिक मेसिनको प्रयोगले काट्ने तथा सुरक्षित राख्ने तरीका भित्रिएकोमा खुसी व्यक्त गरेका थिए ।

यसैगरी बराहक्षेत्र १० प्रकाशपुरमा कृषि ज्ञान केन्द्र सुनसरी र बराहक्षेत्र नगरपालिकाको संयुक्त आयोजनामा राइस प्लान्टरले धान रोपि नाचगान गर्दै धान दिवास मनाइएको छ ।

बराहक्षेत्र नगरपालिका कृषिको उर्वर क्षेत्र रहेकोले उत्पादन वढाउन सम्पुर्ण कृषकहरू लाग्नुपर्ने नगर प्रमुख रमेश कार्कीले आग्रह गर्नुभएको थियो नगरपालिकाले कृषिक्षेत्रमा आवश्यक सहयोग गर्ने बताए ।

कार्कीले किसानले सहज रुपमा मल, सिंचाइ र बिउ पाउने अवस्था सिर्जना गर्नु आवश्यक रहेको र कृषिलाई यान्त्रीकरण गरेर उत्पादकत्व वृद्धि गर्नुपर्ने बताउनुभयो ।
धान भए ज्यान रहन्छ भन्दै नगर प्रमुख कार्कीले खाद्य तथा नगदेबाली तर्फ उन्मुख हुन सम्पुर्ण नगरबासी हरुलाइ आव्हान गर्दै असार १५ तथा धान दिवसको सबैमा सुभकामना दिएका थिए ।

कृषि सहकारी संघ सुनसरीको आयोजनामा भएको कार्यक्रमको ब्यवस्थापन कृषि सहकारी समन्वय समितिका अध्यक्ष रबिन घिमिरेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन खेम थापाले गरेका थिए ।
राजु सुबेदीको खेतमा नगरप्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी राई ,कृषि विकास मन्त्रालय कोशी प्रदेशका सचिव डा. लेखराज दाहाल, कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निल कमल सिंह, नगरका प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौला, १० न. वडा अध्यक्ष तेज बहादुर गुरुङ्ग, वडा न. ७ का अध्यक्ष कपिल आचार्य, जिल्ला कृषि सहकारी संघ सुनसरीका अध्यक्ष भोलाकाजी बस्नेत, कृषि शाखा बराहक्षेत्रका तुलसा लिम्बु र प्राविधिक नीर बहादुर राई लगायत स्थानीय बासीको उपस्तिथिमा धान रोपाई गरेर दिवस मनाईएको छ ।

कृषि ज्ञान केन्द्र सुनसरीका अधिकृत प्रविन श्रेष्ठका अनुसार सुनसरीमा ५३ हजार ९ सय हेक्टर जमिनमा धान उत्पादन हुदै आएको जस अन्तर्गत हाल सम्ममा ३० प्रतिसत रोपाई सम्पन्न भएको जानकारी दिनुभएको छ । यहाँका किसानले असार १५ लाई दही च्यूरा र आप खाएर पर्वको रुपमा मनाएका छन् ।