जनताको घरदैलोमा काँग्रेस उम्मेदवार ः जनलहर गच्छदारको पक्षमा

आशिषकुमार यादव ।

कार्तिक ४ गते । सुनसरीको क्षेत्र न । ३ मा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका उम्मेदवार बिजय कुमार गच्छदारले घरदैलो कार्यक्रमलाई तिव्रताका साथ अगाडि बढाएका छन् ।
जनताको घरदैलोमै पुगेर गच्छदारले आफ्नो पक्षमा भोट मागिरहेका छन् लोकतन्त्र र सम्बृद्ध नेपालको लागि काँग्रेसलाई भोट दिन आग्रह गरिरहेका मतदाताहरुबाट पनि निकै राम्रो प्रतिक्रिया मिलेको छ ।
प्रतिनीधि सभातर्फ प्रत्यक्ष उम्मेदवार घरदैलोको क्रममा सुनसरीको गढी गाउँपालिकामा पुग्दा गच्छदारलाई वृद्धहरुले खादा तथा माला लगाईदिँदै जीतेर आउने आर्शिबाद दिए ।
जनताले काँग्रेसको सिद्धान्त नै देशको लागि उपयोगी भएको तर्क गरेका छन् । खासगरि पछिल्लो समय भएको वाम गठबन्धनलाई लिएर जनतामा निकै चिन्ता बढेको घरदैलोको क्रममा देखिएको छ लोकतन्त्र मासिने खतरा बढेकोले यो पटक देशभर काँग्रेसको जनलहर आउनुपर्ने प्रतिक्रिया घरदैलोमा सुनिएको छ ।
युवायुवतीदेखि वृद्धवृद्धासम्मले सुनसरीको क्षेत्र न । ३ का उम्मेदवार गच्छदारलाई बहुमतले विजयी गराउने वचन दिएको सुनसरी काँग्रेसका सदस्यहरुले बताएका छन् । ‘जनलहर काँग्रेसको पक्षमा देखिएको छ ।
वाम गठबन्धन र उनीहरुको सिद्धान्तदेखि तर्सिएका जनताले देशलाई संकटबाट रोक्ने पार्टी काँग्रेसनै भएकोले भोट उसकै पक्षमा दिने बताएका छन् ।’
कम्युनिष्ट गठबन्धनले लोकतन्त्र खतरामा परेको भन्दै काँग्रेसलाई विजयी गराउन आग्रह गरे ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नं.३ का क्षेत्रीय सभापति मेहन्दी हुसेनका अनुसार ‘हामी जब मतदाताहरुको घर घरमा पुग्यौँ, हामीलाई निकै राम्रो प्रतिक्रिया मिल्यो ।’ प्रतिनीधि सभातर्फ प्रत्यक्ष उम्मेदवारी दिएका गच्छदारले भने–‘जनताले यस क्षेत्रमा नेपाली कांग्रेस खोजेका छन् ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नं.३ का क्षेत्रीय सभापति मेहन्दी हुसेनले आफ्नो क्षेत्रमा विशेष हिसाबले प्रचारलाई तीव्रता दिईरहेको बताएका छन्
हुसेनले काँग्रेस हारेमा लोकतन्त्र संकटमा पर्ने भन्दै लोकतन्त्रलाई बचाउन पार्टीले जित्नैपर्ने दबाबमा रहेकोले कार्यकर्ताहरुले यसमा विशेष जोड दिनुपर्ने बताए ।