दुहवीमा हिन्दू स्वयंसेवक संघ भवनको शिलान्यास

। सुनसरीको दुहवी वडा नं.५ स्थित हनुमान मन्दिर परीसरकोे जग्गामा हिन्दू स्वयंसेवक संघ केसव छात्राबास भवनको शिलान्यास गरीएको छ ।

दुहवी नगरपालिकाको नगर प्रमुख वेद नायारयण गच्छदारको प्रमुख अथित्यतामा हिन्दू स्वयंसेवक संघ भवनको शिलान्यास गरीएको हो ।

हनुमान मन्दिर परीसर जग्गाकोे केही अंश ८ कड्ढा ४ धुर जग्गा हिन्दू स्वयंसेवक संघलाई हस्तान्तरण गरी भवनको शिलान्यास गरीएको हिन्दू स्वयंसेवक संघ दुहवीका अध्यक्ष ओम रौेनियारले जानकारी दिएका छन् ।

हिन्दू स्वयंसेवक भवन ६ वटा पक्कि कोठा सहितमा २ सय जना क्षमता भएको भवन निर्माण हुने तथा उक्त भवन निर्माण गर्नका लागी दुहवी नगरपालिकाले २५ लाख रुपैया बजेट विनियोजन गरीएको र जनसहभागीता बाट ५ लाख रुपैया रहने हिन्दू स्वयंसेवक संघका कोशी संवाहक रतन चौधरीले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि हिंन्दू स्वयंसेवक संघका पदाधिकारी तथा पुर्व एआईजी कल्याणराज तिमिल्सिनाले संघले निर्माण गर्न लागेको भवनमा केशव छात्रवास सँचालन गरिने जस्मा गरीब निमुखा, अनाथ, विपन्न वर्गका बच्चाहरुको निःशुल्क रुपमा शिक्षा प्रदान गर्नका निम्ती भवन निर्माण हुने बताए ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दुहवी नगरपालिकाका नगर प्रमुख वेदनारायण गच्छदारले परापुर्वक कालदेखी हिन्दू सभ्यताले समाजमा अमन चयन, लोयन अडरको स्थापना गर्दै आईरहेकोमा हिन्दू स्वयंसेवक संघले सडक बालबालिका तथा गरीबीको चपेटामा परेका बालबालिकाहरुलाई नि ःशुल्क शिक्षा दिक्क्षा दिईरहेको असल कार्यमा थप यसलाई व्यवस्थित पार्नका निम्ती दुहवी नगरपालिकाको स्वामित्वमा रहेको जग्गा प्रदान गराएको बताए ।