असार १४ गते । दुहबी नगरपालीका कृषि शाखाको आयोजनामा दुहबीका कृषक हरुलाइ कागतिको बिरुवा बितरण गरिएको छ ।
दुहबि नगरपालीकाका नगर प्रमुख बेद गच्छादारले नया बगैचा स्थापना गर्ने उदेश्यले कागति बगैचा प्रवर्धनका लागी दुहबीका ८ जना कागति कृषकलाइ सुनकागतिको बिरुवा बितरण गरेका थिए ।
प्रति किसान ४० थान सुनकागतिको बिरुवा, बिषादि, हर्मोन, हजारि १ थान , स्प्रे १ थान, प्रदर्शन बोर्ड १ थान बितरण गरिएको नगर प्रमुख गच्छादारले बताए ।
कागती खेतीबाट पनि मग्नय आम्दानी गर्न सकिने भएपछि अहिले दुहबि नगरका किसानहरु कागती तर्फ आकर्षित भएका हुन् ।
कागति बगैचा प्रवर्धनका लागी कागति खेति गर्ने कृषक हरुमा दुहबि १० जानकि चन्द्रबंशी, दुहबी ७ भोलाराम बिस्वास, दुहबी ४ टेकबहादुर मगर, दुहबी ७ भुलर चौधरी, दुहबी १ नुनुबति साह, दुहबी ७ भागेस्वर बिस्वास, दुहबी १० धिरज चौधरी, र दुहबी ११ मन्नो थरुनि रहेको दुहबी नगरपालीका कृषि शाखाका अधिकृत कपलेश्वर यादबले जानकारी दिएका छन ।