रामजानकि हनुमान मन्दिर सुरक्षित छ ः प्रवक्ता चौधरी

असार २ गते । दुहवी नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको साविक दुहवी गा.वि.स. वडा नम्बर ६ ख को कित्ता नम्बर ३८ को १० कठ्ठा ४ धुर जग्गामा बनेका अवैध संरचना भत्काउने क्रममा हिन्दु स्यंमसेवक रामजानकि हनुमान मन्दिरमा क्षति नपुगेको बताएको छ ।

bigyapti 2
दुहबी नगरपालिकाका प्रवक्ता विजय कुमार चौधरीले एक विज्ञप्ती सार्वजनिक गर्दै बजारमा कपोकल्पित भ्रम सिर्जना गरिएको र कुप्रचार गरी सामाजिक सद्भाव समेत खल्वल्याउने प्रयास भएको बताएका छन् ।

दुहबी नगरपालीकाले आफ्नो स्वामित्वमा रहेको साबिक दुहबी गा.वि.स. ६ ख कि.नं ३८ को १० कठ्ठा ४ धुर जग्गामा बनेका अबैद्य संरचना हटाउने ३५ दिने सुचना मिति २०८०÷०१÷२६ मा जारि गरेको समयावधी सकिए लगत्तै मिति २०८०÷०३÷०१ मा पुर्व प्रसारीत सुचनालाइ कार्यान्वयन गर्दै घर टहरा हटाउने कार्य गर्दागर्दै हिसां भड्काउने कार्य भएको थियो ।


सो क्रममा दुहवी ५ का अध्यक्ष रमेश रौनियार माथि हमला गरिएको र अफिसका सामग्रीहरु समेत तोडफोड गरेको भन्दै बिज्ञप्तीमा सो गतिविधि प्रति भत्र्सना गरिएको छ ।

सामाजिक सद्भाव खल्बल्याउने केहिले पुर्वाग्राहि ढंगले, कपोकल्पित भ्रामक मतभेद शृजना गर्दै अराजक र हिँसात्मक गतिबिधि सन्चालन गरेको साथै दुहबी ५ का वडाध्यक्ष रमेश रौनियार माथि साँघातिक हमला गरि कार्यालय परिसरका महत्वपुर्ण सामग्री समेत तोडफोड गरेको प्रति दुहबी नगरपालीका घोर भत्सर्ना गर्दछ । विज्ञप्तीमा भनिएको छ ।

प्लट खाली गर्ने क्रममा सोहि प्लटमा रहेको हिन्दु स्वयम् सेवक र केशब छात्राबासको रामजानकी हनुमान मन्दिर हालसम्म सकुशल रहेको र नगरपालिका उक्त मन्दिरको संरक्षक समेत रहेको हुदा धामिक, सामजिक, संरचनाको संरक्षण र संबर्धन गर्ने नगरपालिकाको दायित्व समेत रहेको बताउँदै नगरपालिकाले हिन्दु स्वयम् सेवक संघ, केशब छात्राबासका पदाधिकारि र नगरपालीका बिच आपसि समझदारिनै भएको बताएको छ ।
यसैगरी हिन्दु स्यंमसेवक संघले समेत एक अपिल सार्वजनिक गर्दै नगरपालिकाले अनाधिकृत संरचना भत्काउने क्रममा हिन्दु स्वयम् सेवकसंघ रामजानकी हनुमान मन्दिरमा क्षति नपुगेको बताएको छ । क्षति पुगेपनि त्यसको पुनः निर्माणमा नगरपालिकाको दायित्व रहेनेगरी सम्झौता भइसकेको बताउँदै संघले हल्लाको पछाडी नलाग्न सर्वसाधारणमा अपिल गरेको हो ।
हिन्दु स्वयम् सेवक संघ र केशब छात्राबासका पदाधिकारि र नगरपालीका बिच आपसि समझदारिभै दुहबी ५ मा रहेको हनुमान मन्दिर नजिकको ८ कठ्ठा जग्गामा सो भवन बनाउने भनि यहि आ.ब.को बजेट बाट रु २५ लाखको संझौता समेत भैसकेको हुदा केहि सामाजिक सद्भाव खल्बल्याउने तत्वले देखाएको गतिबिधि समग्र नगरबासिको हित बिपरित रहेको दुहबी नगरपालीकाको ठहर छ । भनि विज्ञप्तीमा उलेख रहेको छ ।
यसै क्रममा हिन्दु स्वयम् सेवकसंघले पनि प्रेस विज्ञप्ती जारि गर्दै अनाधिकृत संरचना भत्काउने क्रममा छानो र पर्खालमा क्षति पुगेको र त्यसमा नगरपालिकाले दुख व्यक्त गरीसकेको बताउँदै हिन्दु स्वयम् सेवकसंघले रामजानकि हनुमान मन्दिरमा कुनै प्रकारको क्षति नभएको समेत खुलाएको छ ।