सातौं पटक जनताले विजयी गराउछ ः काङग्रेस नेता गच्छदार

। नेपाली काङग्रेसका नेता बिजयी कुमार गच्छदारले सतौं पटक आफूलाई सुनसरी क्षेत्र नम्वर ३ का जनताले बिजयी गराउने बताउनुभएको छ ।
सुनसरीको बर्जु गाउँपालिका स्थित शान्तिवनमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेता गच्छदारले सो कुरा बताउनुभएको हो ।
उहाँले सुनसरी क्षेत्र नम्वर ३ का जनताले सातौं पटक विजयी गराएर इतिहास रचने र आफू माथि लागेको झुठा मुद्धाको समेत जवाफ जनताले दिने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली काङग्रेसबाट प्रतिनीधिसभा सुनसरी क्षेत्र नम्वर ३ का उमेदवार समेत रहनुभएका गच्छदारले नेपालमा ५ पटक चुनाव जित्ने पार्टीका अध्यक्ष शेरबहादुर देउवा र म मात्र भएकाले यसपटक पनि आफुलाई जनताले न्याय दिने आफू विश्वस्त रहेको बताउनुभयो ।
यस क्षेत्रका जनताले २०४८ सालदेखि आफूलाई अत्याधिक मत सहित बिजयी गराउदै आएकोमा २०७९ साल मङसिर ४ गते हुने निर्वाचनमा समेत यस क्षेत्रका जनताले आफ्नो अमुल्य मत दिएर आफूलाई बिजयी गराउनेमा कुनै किसिमको दुवीधा नरहेको दाबी गर्नुभयो । यसै क्षेत्रको जनताले पटक–पटक मत दिएर उपप्रधानमन्त्री सम्म बनाएको बताउनुहुदै यस पटक जितेमा ५ वर्ष जनताको घर–घरमा सेवा गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस क्षेत्रका जनताले आफूलाई पुनः बिजय गराउनेमा बिश्वास्त रहेको बताउनुहुदै भगवती चौधरीले जनतामा गरेको भ्रम सिर्जना तुहिएर जाने दाबी गर्नुभयो । भ्रमको राजनीतिक गरेर र जनतामा भ्रम सृजना गरेर राजनीतिक हुन नसक्ने भएकाले भगवतीले जनतामा सृजना गरेको भ्रमको जवाफ यस क्षेत्रका जनताले व्यालेट मार्फत दिनेमा गच्छदारले बताउनुभयो । अरु जस्तो आफूले अकुत सम्पती आर्जन गरेको भए बिपक्षी उमेदवार जस्तै तडकभडकका साथ प्रचार प्रसार गर्थे तर के गर्नु सधै जनताको सेवा गरेका कारणले आफूसंग पैशा नभएको र आफनो धन जनतानै भएको उहाँले प्रष्ट पार्नुभयो ।
सुनसरी ३ मा बिगतको बिकास र अहिलेको बिकासमा कति फरक छ भने जनतालाई स्पष्ट जानकारी भएकोले आउने मङसिर ४ गतेको निर्वाचनमा आफू सहित नेपाली काङग्रेसका उमेदवारलाई जनताले बिजयी गराएर पाठाउनेमा आफू ढुक्क भएको दाबी गर्नुभयो । सधै जनताले आफूलाई बिश्वास गर्दै आएको बताउनुहुदै यस पटक जनताले आफूलाई न्याय दिनेमा समेत आशावादी रहेको बताउनुभयो ।
आफू पटक पटक मन्त्रि भएर यस क्षेत्रको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, शिक्षा लगायतका कार्य गर्नका लागि बिभिन्न फोरममा अवाज उठाएको र आउने दिनमा समेत उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफ्नो बारेमा भ्रष्टाचारको प्रचार गरेर जनतामा भ्रमको राजनीति गर्नेलाई यस पटक पुनः जनताले पिना सुकाउने उहाँले बताउनुभयो ।