विश्व रक्तदाता दिवशको अवसरमा सुनसरीको दुहबीमा वृहत रक्तदान

जेठ ३१ गते । विश्व रक्तदाता दिवशको अवसरमा नेपाल रेडक्रस सोसाइटी दुहवी उपशाखाले बुधबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

दुहवी नगरपालिका वडा नं. ५ स्थित नगरपालिकाको प्राङ्गनमा नेपाल रेडक्रस सोसाईटी दुहवी उप–शाखाले नेपाल रेडक्रस सोसाईटी क्षेत्रिय रक्तसंचार विभाग, विराटनगरको प्रविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको छ ।

बृहत रक्तदान कार्यक्रममा ४ महिला सहित ५१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

दुहवी नगरपालिका नगरप्रमुख वेद नारायण गच्छदारको प्रमुख आतिथ्यता बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी दुहवी उप–शाखाका आजीवन सदस्य तथा कार्यक्रम संयोजक विकाश स्वर्णकारले जानकारी दिएका छन् ।


यसैगरी जिल्ला अस्पताल इनरुवामा आज (बुधबार) एक कार्यक्रमका बिच उद्धघाटन गरि रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ ।

इनरुवा नगरपालिका र भोक्राहा गाउँपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीको सहयोगमा अस्पताल परिषरमा रक्त सञ्चार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।


केन्द्र सञ्चालननमा आएसंगै सुनसरी सदरमुकाम इनरुवा सहित कोशी, हरिनगर, गढी, रामधुनी र भोक्राहा गाउपालिकाका सेवाग्राहीलाई फाइदा पुग्ने अस्पतालले जनाएको छ । केन्द्र स्थापनासंगै बिभिन्न स्थानिय तहबाट उपचारका लागि अस्पतालमा आउने बिरामीलाई रगतकै अभावमा धरान या बिराटनगरको अस्पताल रेफर गर्नुपर्ने बाध्यता हटेको मेडिकल सुपरिटेण्डेन डा. देबराज घिमिरेले बताए ।