बालबालिका माथी हुने बालश्रम बिरुद्ध सचेतनामुलक कार्यक्रम

जेठ ३० गते । सुनसरीको ईलाका प्रहरी कार्यालय दुहबी मातहतका प्रहरी चौकी क्षेत्रमा विश्व बालश्रम बिरुद्ध दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि दिवस मनाइएको छ ।

विश्व बालश्रम बिरुद्ध दिवसको अवसरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय दुहबीले बाल अधिकारका बारेमा प्रवचन, सचेतनामुलक कार्यक्रम संचालन गरेको हो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय दुहबीद्घारा दुहबी नगरपालिका वडा न. ८ , प्रहरी चौकी औराबनी,दुहबी न.पा वडा न. ११, प्रहरी चौकी अमडुवाले बर्जु गाउपालिकाको वडा न. ३ प्रहरी चौकी रामगंज बेल्गाछिया शुक्रबारेले बर्जु गा.पा. वडा न. १ स्थितमा,अप्रपो तन्मुनाले दुहबी नगरपालिका वडा न. ११ स्थितमा, र सि.आर. भी. दुहबीले दुहबी वडा न. ५ स्थितमा बालबालिका माथी हुने बालश्रम बिरुद्ध सचेतनामुलक कार्यक्रम संचालन गरेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

बाल अधिकारका बारेमा प्रवचन, बाल अधिकारको वर्तमान आवश्यकता र बालबालिकाको अवस्था बारेमा अन्तरकृया सचेतनामुलक कार्यक्रम गरिएको ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरिक्क्षक बुद्घि चौलागाईले जानकारी दिनुभयो ।

त्यसैगरी बर्जुगाउँपालिकामा समेत बाल दिवशमा अवसरमा सरोबालाहरुसंग बाल अधिकारको बारेमा चर्चा परिचर्चा र अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको प्रहरी निरिक्क्षक चौलागाईले बताएका छन् ।