संघीयता, पहिचान, समृद्धि र विकास जसपाको ऐजेण्डा ः यादव

। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनआन्दोलनपछि आफूहरुको एजेण्डामा देश अगाडि बढिरहेको दावी गर्नुभएको छ ।

अध्यक्ष यादवले सुनसरीको इनरुवामा जसपाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा बधाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै देशको परिर्वतनकारी आन्दोलन र संघर्षले संघीयता, पहिचान सहितको मधेस प्रदेश, सुशासन, समृद्धि र विकास सहितको आफूहरुको एजेण्डामा देश अगाडि बढिरहेको दावी गर्नुभएको हो ।

उहाँले नेपाली भएर पनि अनागरिक भएर बस्दै आएकाहरुको नागरिकता समस्या समाधान समेत जनता समाजवादी पार्टीले नै गरेको दावी गर्नुभयो । उहाँले राजसंस्थादेखी ठूला शक्तीको शासनलाई प्ररास्त गरेर छोटो समयमा धेरै उपलब्धी जनता समाजवादी पार्टीले गरेको बताउनुभयो ।

यादवले नागरिकलाई शिक्षा, स्वास्थ्य सहित रोजगारको पक्षमा आफूहरु लागिपरेको र सार्थक पारेर छाड्ने बताउनुभयो । जसपा इतिहास भएको भन्दै सामावेसीता, पहिचान, समानुपालिक समावेशी, जातिय विभेद अन्त्य र नागरिकता समस्या समाधान गर्ने पार्टीको रुपमा स्थापित भएको बताउनुभयो । उहाँले आर्थिक विकास जुन अवस्थामा बढ्नुपर्ने थियो त्यो नबढेकाले निरासा बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

यादवले भन्नुभयो, ‘ठूल–ठूला बलिदानी र मधेस विद्रोह सहितको संघर्षबाट राजनीतिक परिवर्तन भयो, नयाँ संविधानले संघीयता, धर्मनिरपेक्षता, समावेसीकरण, समानुपातिक निर्माण प्रणाली लागुभयो, अवको राजनीतिक यता देशमा सुशासन, स्थिरता, विकास र समृद्धिका लागि हो । सुशासन, विकास र समृद्धिबिना राजनीतिक परिवर्तन दिगो हुन सक्दैन ।’
अध्यक्ष यादवले आफू पार्टीको संगठन देशको तराईमधेश–पहाड र हिमाललाई जोडेर आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्ने, छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गरी दुवै देशबाट नेपालको हितका पक्षमा काम गर्ने तथा विकास समृद्धि र पूनर्निर्माणको दिशामा देशलाई डो¥याउनु आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।