मनोहरा फुटबल क्लब काठमाडौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा

जेष्ठ ११ गते । सुनसरीको दुहबी ७ स्थित भलुवा खेलमैदानमा आज बाट जारि भएको नवौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको उदघाटन खेलमा मनोहरा फुटबल क्लब काठमाडौंले मेमोरी युवा क्लब दुहबीलाई पछि पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

खेलको १५ औं मिनेटमा मनोहरा फुटबल क्लब काठमाडौंका खेलाडी संदिप लिम्बुले १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गराएका थिए ।

खेलको उत्कृष्ट खेलाडी मनोहरा फुटबल क्लब काठमाडौंका खेलाडी संदिप लिम्बु घोषित भए । उनलाई दुहबी नगरपालिकाका नगरप्रमुख बेदनारायण गच्छदारले ले ५ हजार नगद तथा पदक प्रदान गरे ।
भोलि शुक्रबारको दोस्रो प्रि–क्वाटर फाइनल खेल रारा फुटबल क्लब धनकुटा र झापा ११ झापाका बिच हुने आयोजक गोल्डेन स्टार युथ क्लब भलुवा गोल्डकप टुर्नामेन्ट समितिका अध्यक्ष शिब कुमार बिश्वासले जनाएका छन् ।

बिजेता टिमले उपाधी सहित नगद ४ लाख सिल्ड मेडल प्राप्त गर्ने छ । उपबिजेता टिमले नगद २ लाख सहित सिल्ड मेडल प्राप्त गर्ने छ । विभिन्न विधा तर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।