दुहबीको ट्राफिक व्यवस्थापन सराहनीय

सुनसरीको दुहबी बजार क्षेत्र अस्तव्यस्त बनिराख्दा दुहबी ट्राफिक पोष्ट र दुहबी नगरपालिकाबीच भएको सहकार्य कार्यान्वयनमा आउँदा ट्राफिक व्यवस्थापन सराहनीय बनेको छ ।

बजार क्षेत्रमा प्रवेश गर्ने ठूला सवारी साधन, जथाभावी सवारीसाधनले यात्रु ओसारपसार गर्दा बजार क्षेत्रमा अस्तव्यस्त बन्नुका साथै दुर्घटनाको समेत जोखिम बढेको थियो ।

अति नै अव्यवस्थित रहेको बजार क्षेत्रमा ट्राफिक प्रहरीले निगरानी बढाउनुको साथै जेब्रा क्रसिङ, सवारी चढाउने र ओराल्ने ठाउ तोकिएपछि ट्राफिक व्यवस्थापनमा सहजता भएको हो ।

त्यसैपनि बजार क्षेत्र, त्यसमाथि ठूला सवारी साधनको प्रवेश, रातको समयमा त ठिकै रहेपनि दिउँसै यसरी सवारी साधनको प्रवेशलाई कसैले कुनै रोकटोक नगरेकोमा पछिल्लो समय कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय र दुहबी नगरपालिकाबीच भएको दुई पक्षीय ट्राफिक व्यवस्थापन सम्झौतालाई दुहबी ट्राफिकले कार्यान्वयनमा ल्याउँदा व्यवस्थापनमा सहजता भएको स्थानीयहरुले सराहनीय काम गरेको प्रशंसा गरिरहेका छन् ।
यसरी ट्राफिक व्यवस्थापनलाई नै अस्तव्यस्त बनाइरहेको बेला बजार क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति भएपछि बजारक्षेत्रको सुन्दरताब बढ्नुको साथै अव्यवस्थित पार्किङमा पनि सुधार भएको छ ।
यस अगाडि यो स्थितिले गर्दा दुहबीको बजार क्षेत्रमा पैदल यात्रुदेखि हरेक प्रकारको सवारी चालकलाई अप्ठ्यारो पर्ने गरेको थियो ।

ट्राफिक व्यवस्थापन कार्यले गर्दा निकै सहज भएको र यो कार्य सराहनीय रहेको छ ।