तिहारमा माटोको दियोे बिक्री बढे

अशिष कुमार यादव
कार्तिक ३ गते । कात्तिक कृष्णपक्षमा मनाईने तिहारको तेस्रो दिन बिहीबार हुने दिपावलीको लागि सुनसरीका गाउँ र नगरका बस्तीमा माटोको दियो, घैला सहितका भाँडाको बिक्री बढेको छ ।
दीपावली र छठ पर्वमा कलश, दियो, घडा, छ्याँची र ढकना सहित नयाँ माटाका भाँडा प्रयोग गरिने बजारमा माटाका भाँडाको बिक्री बढेको हो ।

वर्षभरि अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा यी तिहार पर्र्व ्विशेषमा अनिवार्य जस्तै मानिँदै आएकाले यसले बजार पाएको दुहवी १० सिमारिया का मनोज पण्डितले बताउनुभएको छ ।
मुख्य व्यापारिक केन्द्र दुहवी, इनरुवा, इटहरी, धरान, लौकही, भोक्राहा, नरसिंह, भुटाहा, हरिनगराको मुख्यचोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभई दिनहुँजसो माटाका भाँडा बिक्री हुँदै आएका छन् ।

सांस्कृतिक पर्वमा आवश्यक पर्ने भाँडा माटाकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटाका भाँडा बनाउने कुम्हालेको व्यस्तता निकै बढेको छ । तराई क्षेत्रमा माटाका नयाँ भाँडा कार्य गर्न उत्तम हुने धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा यसको माग ह्वात्तै बढ्ने गरेको यहाँका उद्यमी, व्यापारी र सर्वसाधारण बताउँछन् ।

दीपावली र छठ पर्वमा बत्ती बाल्ने दियो, कलश राख्ने घडा तथा माटाकै नयाँ भाँडा प्रयोग गरिने परम्पराले यसको कारोवारमा वृद्धि भएको माटोका भाँडा बनाउँदै आएका मोरङ बुढीगंगा गाउँपालिका का दीपक राज पण्डितले बताउनुभयो ।
पण्डितले पहिले पहिले त हाम्रो गुजाराको पेशा नै यही थियो, अब प्लास्टिक र अन्य धातुका भाँडाको प्रयोग बढेपछि चाडपर्वमा खुम्चिएको गुनासो गर्नुभयो ।

वहाँले यतीको ह्ुदा समेत पर्वमा अनिर्वाय माग भएकाले कात्तिक कृष्णपक्ष शुरु भएसँगै तिहार को तयारी थालिने र लगत्तै छठ आउने भएकाले सर्वसाधारण पर्व विशेषको समानको जोहोमा लागेसँगै माटाका भाँडाको व्यपार बढेको बताउनुभयो ।