प्रसुतीगृहमा पहिलो बच्चा जन्म दिने आमा पुरस्कृत

वैशाख २२ गते । सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ५ स्थित कुम्याहीमा केही दिनअगाडिबाट संचालनमा आएको प्रसुतीगृहमा पहिलो बच्चाको रूपमा छोरा जन्मदिने इसरत जहाँलाई कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले उद्घाटन गर्दै प्रसुती गृहमा पहिलो बच्चा जन्मदिने आमालाई नगद ५ हजार दिने घोषणा अनुसार अनुसार पुरस्कृत गरिएको छ ।

अध्यक्ष अन्सारीको अनुपस्थितीमा उक्त बच्चा जन्म दिने आमालाई उहाँका स्वकीय सचिव धर्मेन्द्र विश्वासले नगद रकम हस्तान्तरण गर्नुभएको हो ।

यस्तै सोही महिलालाई आफूले गरेको घोषणाअनुसार कोशी गाउँपालीका उपप्रमुख अनितादेवी यादवज्युले नगद ३ हजार र कोशी गाउँपालीका वडा नम्बर ५ का अध्यक्ष शाह जमालज्युले नगद २५ सय रुपैयाँबाट प्रसुती गृहमा पहिलो बच्चा जन्मदिने आमालाई पुरस्कृत गर्नुभएको छ ।