फरार प्रतिबादी पक्राउ

वैशाख १७ गते । कोशी प्रदेश प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले औषधी अनुचित प्रयोग दुरुपयोग मुद्दाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।


औषधी अनुचित प्रयोग दुरुपयोग मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९÷३÷२८ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना १३ दिन कैद र नगद २ हजार रुपैया जरिवाना बेरुजु रहि

फरार रहेका धरान उप–महानगरपालिका–१७ का २४ बर्षीय किसन लाल थारुलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई मोरङ जिल्ला अदालत दाखिला गरेकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाईएको छ ।