नेपाल बार एसोसिएसनको दबावमुलक कार्यक्रम

वैशाख १७ गते । नेपाल बार एसोसिएसनको आहवान देशव्यापी आन्दोलन चर्केको बेला सुनसरी जिल्ला अदालत परिषरमा बार सुनसरी एकाईले दबावमुलक कार्यक्रम गरेको छ ।

 

आईतबार जिल्ला सदरमुकाम इनरुवा नगरपालिका ३ स्थित अदालत परिषरमा प्रधानन्यायाधीशको नियुक्ति गर्नुपर्ने, स्वास्थ्य न्यायपालिकाको रक्षा गर्नुपर्ने, न्यायलय भित्रको भ्रष्टाचार, विकृति र विसंगगि अन्त्य गर्नुपर्ने, संसदीय सुनुवाई समिति गठन लगायतका आठ सुत्रिय माग राख्दै नाराबाजी गरेको छ ।


बारले पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागु गर्नुपर्ने, रिक्त रहेको न्यायाधीश नियुक्ती गर्नुपर्ने, संवैधानिक दायित्व पुरा गर्नुपर्ने, संवौधानिक परिषदको बैठक अबिलम्ब बोलाउनुपर्ने माग राख्दै नेपाल बार एसोसिएसनले देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

सोही क्रममा आईतबार सुनसरी बार इकाईका अध्यक्ष अश्विनिकुमार भट्टराई सहितको सहभागितामा बारमा आवद्ध कानुन व्यवसायीहरुले एकघण्टा प्ले कार्ड र कोण सभा गरेको अधिवत्ता राजु ढकालले जानकारी दिनुभयो ।
बारको दबाबमुलक कार्यक्रममा अधिवक्ता प्रेम प्रसाद पोखरेल, शिवराज चौहान, असोक महेता, पञ्चदेव मेहता, निराजन ओझा, मणि दुलाल, पत्रकार जयकृष्ण यादव,सहितको उपस्थिती रहेको थियो ।