मोरङको जहदाबाट ४२२ किलो गाँजा बरामद ,

विराटनगर । मोरङको जहदाबाट प्रहरीले ४२२ किलो गाँजा बरामद गरेको छ। दिउँसो करिब पौने १ बजेको समयमा प्रहरले गाँजा बरामद गरेको हो ।

मोरङ जहदा गाउँपालिका वडा नं.–२ बेरियारी टोल बस्ने मो.मजेबुल मियाँको खेतमा लगाएको मकै बारीमा गाँजा लुकाई राखेको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी एवम् प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए ।

विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्यूरो रानी बिराटनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले १४ बोरा अर्थात ४२२ किलो ३३ ग्राम गाँजा बरामद गरिएको डिएसपी दाहालले बताए । पक्राउ परेको गाँजाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ