अवैध सामान आवश्यक कारवाहीको लागि कोशी व्यारेज भन्सार कार्यालयमा

बैशाख १० गते । सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको बिभिन्न प्रकारका अवैध सामानहरु प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय दुहबी र अन्य कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बिभिन्न स्थानहरुबाट अवैध रुपमा भन्सार छली, चोरी, निकासी गरी ल्याउदै गरेको बिभिन्न प्रकारका कुर्ता सुरुवाल, लेङगा र साडी गरी अन्दाजि १ लाख ८८ हजार बराबरको सामान बरामद गरेको हो ।
बरामद भएका सामान आवश्यक कारवाहीको लागि कोशी व्यारेज भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।